काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्तिले बुधबार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको छ । Tata
‘राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नाराका साथ राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो । वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् सो क्रममा पार्टीले राजतन्त्र फेरि फर्कन नसक्ने भन्दै ‘हामी नागरिक हौँ !
रैती हैनौँ’ भन्ने नारा अंकित प्लेकार्डसमेत प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गरेका थिए ।
यस्तै राजालाई सत्ताबाट हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अभ्यास भएको सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।


