मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

केयूले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
केयूले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१ दिन अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ दिन अगाडि

काठमाडौं । काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन एसोसियट डिनले उपकुलपतिको नाम मेरिटको आधारमा सिफारिस गर्न छनोट समितिलाई आग्रह गरेका छन् । डिन र एसोसियट डिनहरूले संयुक्त वक्तव्य निकालेर कार्यविधि अनसार नाम सिफारिस गर्न भनेका छन् ।

‘३ जनाको नाम समयमै सिफारिस गरी तीमध्येबाट एक जना उपकुलपतिका रुपमा विश्वविद्यालयले छिट्टै पाउने आशा र भरोसामा छौं’,  वक्तव्यमा भनिएको छ, ‘तर छनोट प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत आइरहेका टिप्पणीहरुले हाम्रो ध्यानाकर्षण भएको छ ।’

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । सर्ट लिस्टमा परेका १० जनाको फागुन २ र ३ गते अन्तर्वार्ता सकिएको थियो । तर समितिका सदस्यबीच सहमति नहुँदा नाम सिफारिस भएको छैन ।

सर्ट लिस्टमा परेका १० जनाको अंकभार तोडमोड गर्न लागेको विषय उठेको भन्दै डिन र एसोसियट डिनहरूले समितिको ध्यानाकर्षण गराएका छन् । ‘उम्मेदवारले पाएको अंकलाई तोडमोड गरिदै छ, नयाँ नयाँ सर्त अघि सार्ने काम भएकाले समितिमा अरु सदस्यलाई अप्ठ्यारो परेको छ भन्ने भनाइहरुलाई गलत सावित गरी खोज तथा सिफारिस समिति आफैंले स्विकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशिघ्र छिटो सिफारिस हुनेमा आशावादी छौं,’ वक्तव्यमा भनिएको छ ।

६ माघमा उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि नयाँ उपकुलपतिको नाम सिफारिस गर्न छनोट समित बनाइएको थियो । तर समितिका ३ सदस्यबीच कुरा नमिल्दा नाम सिफारिस गर्न सकस भएको छ ।

उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक