सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भजन म्यूजिक भिडियाे ‘जय जय शम्भु’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भजन म्यूजिक भिडियाे  ‘जय जय शम्भु’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान् पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखि मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गनर्,े उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापि जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ ।

आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुर्तीका एक मुर्ते भएका, कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्नाले, उपबास बस्नाले, यस लोकमा सुख, शान्ति पाई परलोकमा कैलाशपद मिल्ने हुनाले अन्य दिन भन्दा महाशिवरात्री विशेष मानिन्छ ।
देवादिदेव भगवान महादेवका यिनै महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्बजनिक भएको छ । उक्त भजनमा आफ्‌नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको ।  म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

शिव भजन जय जय शम्भु को भिडियोमा गायिका तथा संगीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौको पूर्वोत्तरमा रहेको प्रशिद्ध तीर्थस्थल गोकर्णेश्वर जहाँ विशेष शिवलिङ्ग स्थापित गरिएको छ सोहि स्थान गोकर्णेश्वर नगरपालिका, उत्तर बाहिनीको धार्मिक स्थलमा  एजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा  बबिना एउटी शिव भक्तिनीको रुपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आँफूलाई हराएकी छिन् । भजनमा उनी यति डुवेकी छिन् मानौ भजन गाइरहदा साक्षात देवाधिदेव महादेव उत्तर बाहिनीमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेषभूषाले सबै नारीहरुले अनुसरण गर्नु पर्ने एउटी साध्वी नारीको रुपमा उनी प्रस्तुत भएकी छिन् ।

महाशिवरात्रीको सन्दर्भ विशेषमा आफ्‌नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्‌ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै  आफ्‌नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्‌क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।

भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्‌नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

‘जय जय शम्भु’  सुन्नुहोस् !

यो पनि पढ्नुहोस्

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

३ दिन अगाडि
सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक