बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडौं उत्सव हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 5 mins read
0
काठमाडौं उत्सव हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेभएको छ । साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आम मान्छेका जीवनका कथाहरू समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताउनुभयो । दुई दिनसम्म चल्ने काठमाडौं उत्सवमा जम्मा १५ वटा सत्रहरू रहने छन् ।
काठमाडौं उत्सवका संयोजक तथा कवि-गजलकार बाबु त्रिपाठीका अनुसार महोत्सव आठ जना कविको कवितावाचनबाट उद्‍‍घाटन हुनेछ । उद्‍घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, होमनाथ सुवेदी, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन र दिनेश अधिकारीले कविता वाचन गर्नुहनेछ। त्यसपछिका कार्यक्रम काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्ने छ । अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको दुर्लभ संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र महोत्सवको आकर्षण हो । शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा अन्तरसंवाद गर्नुहुनेछ ।
त्यसै गरी उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच अक्षरका आयामहरू शीर्षकमा विशेष कुराकानी हुनेछ। पत्रकार राजेन्द्र बाँनियाको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले सम्पदा, संस्कृति र सभ्यता शीर्षकमा काठमाडौंको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षहरूबारे छलफल गर्नुहुनेछ। ज्ञान विवेक र विज्ञान विषयमा हुने अर्को सत्र पनि पहिलो दिनको आकर्षणका रुपमा रहेको छ जसलाई लेखक विमल आचार्यले सञ्चालन गर्नुहुनेछ।
विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्स समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीहरूसँग सानो संसार, ठूलो संसार शीर्षकमा भलाकुसारी गर्नुहुनेछ। कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यामिकता जस्ता विषय समेटिएको काठमाडौं उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। भुइँका कुरा एउटा यस्तै सत्र हो जसमा दशकौंदेखि मकै पोलेर र चिया पकाएर गुजारा चलाइरहेका आममान्छेका अनुभव सुन्न पाइने छ। महोत्सवका सल्लाहकार दीप दर्पणले भन्नुभयो, ‘काठमाडौं उत्सवलाई नियमित रुपमा हुने साहित्यिक महोत्सवभन्दा भिन्न बनाउन हामीले विज्ञका मात्र नभई किनारामा पारिएका भुइँ मान्छेका विचारहरूलाई पनि विशेष प्राथमिकता दिएका छौं ।’ भुइँका कुराको सहजीकरण लेखक बिना थिङले गर्नुहुनेछ।
काठमाडौं उत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष होमनाथ सुवेदीले नेपाली साहित्यमा डायस्पोराको अवस्था विषयमा प्रवचन दिनुहुनेछ। साहित्य, कला र संगीतका तीनवटै राष्ट्रिय प्रतिष्ठानहरू सहयोगी संस्थाका रुपमा रहेको काठमाडौं उत्सवमा कला र चलचित्रका विषय पनि समेटिएका छन् । ‘चलचित्र निर्देशनमा नयाँ पुस्ता’ शीर्षकमा चल्ने सत्र दोस्रो दिनको अर्को आकर्षण हो, जसमा निर्देशकत्रय सुजीत बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरले लेखक प्रभाकर गौतमसँग आफ्ना अनुभव साट्नुहुनेछ। दोस्रो दिन नै फाइन आर्टसको सेरोफेरो कलाकारहरू एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझाबीच छलफल हुनेछ। कला एक फ्युजन शीर्षकमा हुने यो सत्र कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्नुहुनेछ। ओम रिजाल, अमला अधिकारी, शैलेन्द्र अधिकारीबीच आख्यानमा द्वन्द्व र दर्शन शीर्षकमा छलफल हुनेछ। सत्रलाई आख्यानकार उमा सुवेदीले सहजीकरण गर्नुहनेछ। कला, साहित्य, संस्कृति, सम्पदा, पर्यटनसँगै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई पनि केन्द्रमा राखेर छलफलहरू राखिएको काठमाडौं उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीले बताउनुभयो ।
उहाँले भनेझैं महोत्सवमा आशा र युवा, पर्यटनमा पहलजस्ता विषयमा समेत छलफल गरिनेछन्। संवाद, कविता, गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौंको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने काठमाडौं उत्सवका सदस्य एन बी अन्जानले बताउनु भयो । पाका कविका कविताहरूबाट सुरू हुने उत्सव नयाँ पुस्ताका कविहरूसँग समापन हुनेछ। काठमाडौंको संस्कृति, सम्पदा र सभ्यताको क्षयीकरण भइरहेको सन्दर्भमा काठमाडौं उत्सवले यहाँका मान्छे, भाषा, इतिहास र संस्कृतिलाई जोड्न सानै भए पनि योगदान दिने आयोजकको दाबी छ। काठमाडौं उत्सवमा चर्चित १० गजलकारका २०० गजल समाविष्ट महफिल-२ को लोकार्पण साथै महफिल समेत हुनेछ ।

यो पनि पढ्नुहोस्

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

६ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

धादिङमा ६ जनाको शव फेला

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक