शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नक्कली र सक्कली सुकुम्बासी कस्तालाई मान्ने ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 2 mins read
0
नक्कली र सक्कली सुकुम्बासी कस्तालाई मान्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-प्रीति रमण
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले हटाउन खोजेपछि यो विषयले अहिले राष्ट्रिय रुपमाचर्चा पाएको छ । लामो समयदेखि त्यहाँ बस्दै आएका सुकुम्बासीलाई महानगरले हटाउनु सही हो कि होइन भन्ने पक्ष र विपक्षमाजनमत विभाजित भएको छ । कसैले महानगर र त्यसका प्रमुख बालेन शाहले चालेको कदम सही छ भन्दै सुकुम्बासीकोआलोचना गर्दै आएका छन् भने कसैले भने सुकुम्बासीलाई कुनै विकल्प दिएर हटाउन सकिने धारणा राख्दै आएका छन् । यहीकारणले स्वतन्त्र रुपमा निर्वाचित मेयर बालेन पनि अहिले विवादको घेरामा तानिएका छन् ।

काठमाडौंको सुकुम्बासी समस्याको कुरा अहिले उठे पनि यो समस्या देशैभर नै छ । देशका धेरैजसो सहर र ग्रामीण इलाकामा पनि थुप्रै व्यक्ति अहिले जग्गाजमिन विहीन छन् । उनीहरु सरकारी जग्गामा छाप्रो हालेर बस्दै आएका छन् । तर, यसरी सरकारी जग्गा ओगट्ने सबै सुकुम्बासी नै भने होइनन् । केही दशकयता राजनीतिक दलहरुले आफ्ना स्वार्थका लागि केही व्यक्तिहरुलाई सरकारी जमिनमा लगेर राख्ने चलन चल्दै आएको छ । यसरी बस्नेको संख्या केही समयपछि ह्वात्तै बढ्ने र व्यवस्थापन गर्न समस्या हुने प्रवृत्ति देखापरेको छ पनि छ ।

राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गर्ने र सुकुम्बासीले पनि आफ्नो माग पूरा गराउनका लागि राजनीतिक सहारा लिने प्रवृत्तिका कारण यो समस्या विकराल भएको हो ।

यस्तो समस्या समाधानका लागि विगतमा १३ वटासम्म आयोगहरु बनेका छन् । तर, राजनीतिक स्वार्थ र विभिन्न कारणले समस्या समाधान भने हुन सकेको छैन । पहिलो कुरा त, वास्तविक सुकुम्बासी भनेका को हुन् रु हाल सुकुम्बासी बस्तीमा बसेका व्यक्तिहरु साँच्चीकै सुकुम्बासी हुन् कि नक्कली पछि छन् रु यस्ता कुराको निक्र्योल राज्यले गर्नुपर्ने देखिन्छ ।
यसका लागि सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । आयोगले देशभरिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको पहिचान, प्रमाणीकरण र अभिलेखीकरण गर्दै आएको छ । त्यसका लागि लगत लिन भने स्थानीय तहलाई खटाएको छ । त्यस्तो अभिलेख राख्ने क्रममा सुकुम्बासी भनिएका व्यक्तिको देशभरमा कतै सम्पत्ति रहे नरहेको, पैतृक सम्पत्ति पाउने सक्ने अवस्था भए नभएको वा स्वआर्जनबाट जग्गा किन्न सक्ने नसक्ने लगायत विश्लेषण गरी सुकुम्बासी हो होइन पहिचान गर्ने प्रयास भइरहेको छ । त्यस्तो अवस्था नभएका व्यक्तिलाई मात्र सरकारले सुकुम्बासी ठहर गर्ने व्यवस्था छ ।

अहिले थापाथलीमा रहेको सबै सुकुम्बासी हुन् त रु नहुन पनि सक्छन् । त्यसैले उनीहरुको लगत संकलन गरी सम्पत्तिको अवस्था वा स्वआर्जनबाट किन्न सक्ने वा नसक्ने भन्ने निक्र्योल गर्न जरुरी छ । किनकि यदि तीमध्येमा कोही सुकुम्बासी छन् भने उसले राज्यबाट आधारभूत आवश्यकताको प्रत्याभूति पाओस् । उसले पनि यो राज्यमा बस्नका लागि कतै भए पनि एक टुक्रा जमिन पाओस् । किनभने राज्य भनेको केवल भूगोल मात्र होइन, प्रत्येक नागरिक राज्य हुन् । इतिहासदेखि पिल्सिँदै आएका, सधैं शोषण र अन्यायमा परेका गरिब सर्वहारा वर्गलाई राज्यले अभिभावकत्व महसुस गराउन सक्नुपर्छ ।

भूमि ऐनका अनुसार सुकुम्बासीलाई जग्गा वितरण गर्न नसकिने सूचीमा नदी किनारको क्षेत्र, मठ–मन्दिर आसपास, निकुञ्ज, वन, सडक किनार, सार्वजनिक जग्गा लगायत पर्छन् । यस्ता ठाउँमा सुकुम्बासीहरू बसोबास गरिआएका भए पनि उनीहरूलाई त्यही ठाउँको जग्गा दिन पाइँदैन । त्यसकारण उनीहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नु राज्यको दायित्व र जिम्मेवारी हो । सुकुम्बासीका लागि भनी सरकारले अपार्टमेन्ट निर्माण गरेको र हालसम्म पनि प्रयोगविहीन रहेको समाचारहरु सार्वजनिक भएका छन् । त्यसलाई कसरी उपयोग गर्न सकिन्छ राज्य, स्थानीय र सुकुम्बासीका प्रतिनिधि सहभागी भएर यसमा छलफल गर्न आवश्यक छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

३३ मिनेट अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

४९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक