मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वाञ्चलले केआईआईटीबाट फर्किएका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर गरिदिने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वाञ्चलले केआईआईटीबाट फर्किएका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर गरिदिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)बाट अध्ययन पूरा नगरी फर्किएका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको सुविधा दिने भएको छ । शुक्रबार विश्वविद्यालयको सूचना प्रविधि महाशाखाले एक विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था सुरु गरेको जानकारी दिएको हो ।

“उच्च शिक्षाका लागि विदेश गएका तर अध्ययन पूरा गर्न नसकी स्वदेश फर्किएका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा क्रेडिट ट्रान्सफरको सुविधा दिइनेछ । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले निर्धारण गरेको मापदण्ड अनुसार नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेपछि विद्यार्थीहरूले यो सुविधा लिन सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।

यस व्यवस्थाले विदेशबाट फर्किएका विद्यार्थीलाई आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिन सहज हुने विश्वास विश्वविद्यालयले लिएको छ । यसमा केआईआईटीबाट फर्किएका विद्यार्थीलाई भनेर प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन ।

यद्यपि पछिल्लो समय नेपाली केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या प्रकरणपछि अधिकांश नेपाली विद्यार्थी असुरक्षा महसुस गर्दै नेपाल फर्किएका छन् । सुरक्षाको कारण देखाउँदै नेपाल फर्किएका विद्यार्थी क्याम्पसले हारगुहार गरे पनि फर्किन तयार छैनन् । त्यसैलाई मध्यनजर गर्दै विश्वविद्यालयले यो सुविधा ल्याएको जनाइएको छ ।

यससँगै पूर्वशिक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले आफूले सक्ने जति पहल गरिरहेको बताएकी छिन् । सामाजिक सञ्जालमा पोस्ट राख्दै सांसद श्रेष्ठले भनेकी छिन्, “यो सानो सफलता हो । तर, हामीले गर्नुपर्ने धेरै छ । म आफूले सक्नेजति गर्छु ।”

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१ दिन अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक