शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेतृत्व विकास तालिम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेतृत्व विकास तालिम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  श्री जोरगणेश सामुदायिक सिकाई केन्द्र को आयोजनामा तथा काठमाडौं महानगरपालिका सामाजिक विभाग को सहयोगमा सम्पन्न “नेतृत्व विकास तालिम” (Leadership Development Training) कार्यक्रम  सफलता पूर्वक सम्पन्न भएको छ। नेपा ब्याङ्क्वेट, खुशी बुँमा आयोजना गरिएको उक्त तालिममा ६० जना सहभागीहरूले सक्रिय रूपमा कोर्स पूरा गरेका छन्।

तालिमको मुख्य उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि, प्रभावकारी संचार, र सामुदायिक सहभागिता विकास गर्नु थियो। प्रशिक्षक रूपेन्द्र महर्जन को नेतृत्वमा सहभागीहरूले नेतृत्व सिद्धान्तहरू, समस्या समाधानका उपायहरू, निर्णय क्षमताको विकास, र परिवर्तनकारी नेतृत्वको सिद्धान्तहरू सिकेका थिए।

तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी नेतृत्वमा आवश्यक ज्ञान र व्यवहारिक सीप प्रदान गरिएको थियो। उनीहरूले टीमवर्क, संचार शैली, तथा आत्म-प्रेरणाका विषयमा विभिन्न कार्यशालाहरूमा सहभागिता जनाए।

नेतृत्व विकास तालिम” (Leadership Development Training) को औपचारिक उद्घाटन सत्रमा प्रतिष्ठित अतिथिहरूले आफ्ना प्रेरणादायी विचार व्यक्त गरे।कार्यक्रमको सभापति तथा श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष सजनी महर्जन ले उद्घाटन मन्तव्य राख्दै स्थानीय समुदायमा नेतृत्व विकासको आवश्यकताको बारेमा प्रकाश पारिन्। उनले भनिन्,”हाम्रो समुदायको सशक्तीकरणका लागि प्रभावकारी नेतृत्व अपरिहार्य छ। यो तालिम नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण कोसेढुंगा हुनेछ।”उनले सहभागीहरूलाई सक्रिय रूपमा सिक्न, आत्म-विश्लेषण गर्न, र समाजलाई नेतृत्व गर्न सक्षम बन्न आग्रह गरिन्।

कार्यक्रमकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल ले नेतृत्वको महत्त्वबारे जोड दिँदै भनिन्, “नेतृत्व भनेको पदमा पुग्नु मात्र होइन, समाजलाई सही दिशामा डो-याउनु हो। एक प्रभावकारी नेता आफू मात्र अघि बढ्दैन, बरु घर व्यवसाय, समुदायलाई संगठित गर्दै सबैलाई अवसर सिर्जना गरिदिन्छ।” उनले तालिमका सहभागीहरूलाई आफ्ना विचार, दृष्टिकोण, र निर्णय क्षमतालाई मजबुत बनाउँदै समाजलाई नेतृत्व दिनुपर्ने प्रेरणा प्रदान गरिन्।

काठमाडौं महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन ले सामुदायिक नेतृत्व र जिम्मेवारीबारे प्रकाश पार्दै सहभागीहरूलाई सामाजिक उत्तरदायित्व पूरा गर्न अनुरोध गरे। उनले भने, “नेतृत्व भनेको राजनैतिक मात्र होइन, स्थानीय नेतृत्व भनेको समुदायका समस्या बुझ्ने, समाधान खोज्ने, र सबैलाई समेट्दै अघि बढ्ने प्रक्रिया हो। तपाईंहरू यहाँबाट सिकेर निस्कनुहुन्छ, तर असली नेतृत्व तपाईंकै कार्यक्षेत्रमा देखिनुपर्छ।”उनले तालिमको प्रभावकारिता सुनिश्चित गर्न सहभागीहरूलाई व्यवहारिक प्रयोगमा ध्यान दिन आग्रह गरे।

तालिमका प्रशिक्षक रूपेन्द्र महर्जन ले कार्यक्रमको मूल उद्देश्य, नेतृत्व सिद्धान्तहरू, र व्यवहारिक पक्ष बारे स्पष्ट पार्दै सहभागीहरूलाई निर्देशन प्रदान गरे। उनले भने,”एक कुशल नेतामा आत्म-विश्वास, दूरदृष्टि, निर्णय क्षमता, र सकारात्मक सोच हुनुपर्छ। नेतृत्व सिकाइने होइन, अभ्यास गरिने विषय हो।” उनले सहभागीहरूलाई “कम्फर्ट जोन” बाहिर निस्केर नयाँ चुनौतीहरूसँग सामना गर्ने, निर्णय क्षमतामा सुधार ल्याउने, र प्रभावकारी संचार कला विकास गर्ने” कुरामा विशेष जोड दिए।

तालिममा सहभागीहरूले आत्म-प्रेरणा, निर्णय क्षमता अभिवृद्धि, संचार दक्षता, र समस्यासँग जुझ्ने क्षमता विकसित गरेको प्रतिक्रिया दिए। उनीहरूले व्यक्तिगत तथा सामूहिक नेतृत्व क्षमतामा सुधार आएको बताउँदै आगामी दिनमा सिकेका कुराहरू व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाए।

तालिमको समापन कार्यक्रममा प्रशिक्षक रूपेन्द्र महर्जनलाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरियो। साथै, सहभागीहरूले तालिमको अनुभवलाई व्यक्तिगत तथा पेशागत जीवनमा प्रभावकारी रूपमा प्रयोग गर्ने योजना प्रस्तुत गरे।

अन्त्यमा, श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष सजनी महर्जनले आगामी दिनहरूमा थप प्रभावकारी नेतृत्व तालिमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस सफल नेतृत्व विकास तालिमले सहभागीहरूलाई आत्म-विश्वास अभिवृद्धि, निर्णय क्षमताको विकास, र समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्रदान गरेको छ।

यो पनि पढ्नुहोस्

दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन

दलको पक्षधरता त्यागेर जनताको सेवामा केन्द्रित हुन निर्देशन

२ घण्टा अगाडि
संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक