काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका-२ जनटोल बस्ने १७ वर्षीय सनम निरौला आफ्नै घर अगाडि रहेको पैनीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ खैरिघाट चोकस्थित नहरको कल्भर्टमा सोही गाउँपालिका-१ रतनपुर बस्ने ४३ वर्षीय मदन बहादुर बिष्ट सोमबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जा, चापाकोट नगरपालिका-८ ज्याग्दी घाँटस्थित कालिगण्डकी नदीको किनारमा पाल्पा रम्भा गाउँपालिका-१ हुँगी बस्ने ८७ वर्षीय देबिलाल भट्टराई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ लक्ष्मीनगरमा रूपन्देही घर भएका ७२ वर्षीय तोय नारायण सापकोटा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, सुर्योदय नगरपालिका-११ सुन्तलेसंयुक्त टोल बस्ने ५१ वर्षीय धनराज राई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीको भङ्गालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


