आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन चलचित्र प्रदर्शनमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
तीन चलचित्र प्रदर्शनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशभरिका हलमा शुक्रबारबाट तीन चलचित्र ‘जुना : एक व्यथा’, ‘ममी’ र ‘सारङ्ग’ प्रदर्शनमा आएका छन् ।

जीवन सेन्चुरी निर्देशित चलचित्र ‘जुना : एक व्यथा’ बालविवाह तथा महिला हिंसा निरुत्साहितमा आधारित कथा हो । बालविवाहकेन्दित रहेर बनाइएको चलचित्रमा विवाहले एउटी नारीको जीवनमा आएको उतारचढावको कथा भन्न खोजेको छ ।

चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेलगायत कलाकारको अभिनय छ ।

महिला हिंसा, बालविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेन्चुरीले जनाउनुभयो ।

यो चलचित्र देशभरका ९४ हलमा प्रदर्शनरत छन् भने काठमाडौंका ५२ हलमा प्रदर्शन भइरहेको छ । चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी रहेको छ भने राजबहादुर सानेको कथा, बिबी अनुरागी र रमेश सेन्चुरीको सङ्गीत, जीवन सेन्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर रहेको छ ।

ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘ममी’ लाई समर निरौला र पूर्णिमा जोशीले लेख्नुभएको छ । समरको यो पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रलाई १७ वर्षभन्दा कम उमेर समूहका दर्शकले हेर्न पाउने छैनन् । थ्रिलर र हरर जनरामा बनेको चलचित्रले घरमा पालेको कुकुर मारेपछि कालो बिरालोलाई घरमा ल्याइँदा घरमा हुने अनेकन रहस्यपूर्ण घटनाको कथावस्तुमा केन्द्रित छ ।

प्रियङ्का कार्की, दिया मास्के, सुलक्षण भारती, आयुषी ढकाललगायतको अभिनय रहेको चलचित्रको छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गर्नुभएको छ । चलचित्रमा सुरेन्द्र महर्जनको सम्पादन, एनबी महर्जनको द्वन्द्व निर्देशन, दिपेश चौधरीको रङ संयोजन र एसडी योगीको सङ्गीत रहेको छ । चलचित्रको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सुमन कोइराला रहनुभएको छ । चलचित्र देशभरका १५० हलमा प्रदर्शनरत छन् ।

प्रशान्त तामाङ निर्देशित चलचित्र सारङ्ग अभिभावक अलग हुँदा त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको कथामा केन्द्रित छ । चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के. राई, अनिशा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागरजङ्ग केसी, प्रभात श्रेष्ठलगायत बालकलाकार आदित्य कार्की र सम्राट थापाको अभिनय छ । दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुनुहुन्छ भने कार्यकारी निर्मातमा ऋचा शर्मा रहनुभएको छ । चलचित्रमा शङ्कर थापा ‘स्माइल’ को गीत र नकुल कार्कीको सङ्गीत रहेको छ ।

यो चलचित्र देशभरका ४० हलमा प्रदर्शनरत छन् भने काठमाडौँका २३ हलमा प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रसँगै भारतीय चलचित्र ‘बडास रविकुमार’ पनि प्रदर्शनमा आएको छ । किथ गोम्स निर्देशित चलचित्रमा सन्नी लियोनी, कीर्ति कुलहरि र हिमेश रेशमियाको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२ दिन अगाडि
सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक