काठमाडौँ / टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्डले सुखद सुरुआत गरेका छन्।
शनिबारदेखि सुरु भएको पाँचौ संस्करणको प्रतियोगितामा एपीएफ र न्यु डायमण्डले जित निकाल्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुप अफ नेपालको टोलीबीचको खेल स्थगीत भयो।
पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो। पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोलीले २३–२५ ले गुमाउन पुग्यो। दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो। तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो। त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे।
शनिबार भएको पहिलो खेलमा शसस्त्र प्रहरी बलको एपिएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गर्यो। दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ। प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन्।
पुरुषतर्फको पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुनेछ। दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ। तेस्रो खेल शसस्त्र प्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ।

