सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

६ महिनामा वाणिज्य बैंकहरूले नाफामा कमी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
६ महिनामा वाणिज्य बैंकहरूले नाफामा कमी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले नाफामा कमी र खराब कर्जामा वृद्धि भोगेका छन्। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रतिवेदनका अनुसार बैंकहरूको कुल खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६६५ ले कम हो।

बैंकहरूको नाफामा आएको यो कमीलाई खराब कर्जाको वृद्धिसँग प्रत्यक्ष जोडिएको छ। चालु त्रैमासमा खराब कर्जा ९ल्यल(एभचायचmष्लन ीयबल ( ल्एी० को औसत ४.४९५ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको समान अवधिमा ३।२७५ थियो। खराब कर्जाको यो वृद्धिले बैंकहरूको वित्तीय स्थायित्वमा गम्भीर प्रभाव पारेको छ।

यस कारण खराब कर्जाकाे वृद्धि

नेपाल बैंकर्स संघका अनुसार, खराब कर्जामा आएको वृद्धिको मुख्य कारणहरूमा कर्जाको सही असुलीमा समस्या, पुनर्संरचना प्रावधानको कडाइ, र अर्थतन्त्रमा देखिएको मन्दी प्रमुख छन्। निर्माण क्षेत्रका कर्जाहरू असुलीमा चुनौती बनेका छन्, जसले खराब कर्जाको अनुपात बढाएको हो। साथै, राष्ट्र बैंकले माघ मसान्तसम्म कर्जा पुनर्संरचनाको म्याद विस्तार नगर्दा बैंकहरूले धेरै कर्जा खराब कर्जामा वर्गीकृत गर्नुपरेको छ।

नाफामा कमीको अर्को कारण भनेको ऋणका लागि मागमा आएको कमी र बैंकहरूले नोक्सानी व्यवस्थापनका लागि थप प्रावधान गर्नुपर्नु हो। वितरणयोग्य नाफा ऋणात्मक ३।७९ अर्ब रुपैयाँ रहेको छ, जसले बैंकहरूको लाभांश वितरण क्षमतामा समेत असर पुर्‍याएको छ।

बैंकहरूको प्रयास र चुनौती

नेपालका वाणिज्य बैंकहरूले खराब कर्जा व्यवस्थापन सुधार्न विभिन्न कदमहरू चालिरहेका छन्। यसमा ऋणीहरूसँग संवाद बढाउने, कर्जाको पुनर्संरचना गर्ने, र वित्तीय जोखिमलाई न्यून गर्ने पहल गरिएका छन्। तर, ऋण असुलीको चुनौती र ऋण विस्तारको मन्द गतिले वित्तीय स्थायित्वका लागि समस्या सिर्जना गरिरहेको छ।

संघका अनुसार, खराब कर्जाको उच्च अनुपातले बैंकहरूको पूँजीस्थितिमा पनि नकारात्मक प्रभाव पारेको छ। ४।४९५ खराब कर्जाको औसतले वित्तीय प्रणालीमा सुधारका लागि ठोस कदम चाल्नुपर्ने संकेत गरेको छ।

दीर्घकालीन समाधानका लागि सुझाव

बैंकिङ क्षेत्रमा खराब कर्जाको व्यवस्थापन र नाफा सुधार गर्न सरकार र नियामक निकायहरूबाट थप नीतिगत समर्थन आवश्यक रहेको नेपाल बैंकर्स संघका अधिकारीहरूले बताएका छन्। खराब कर्जाको असुलीलाई प्रभावकारी बनाउन र ऋणको पुनर्संरचना प्रक्रियालाई सहज बनाउन राष्ट्र बैंकले नयाँ प्रावधान ल्याउनुपर्नेमा जोड दिइएको छ।

पूर्वबैंकरहरूले पनि खराब कर्जामा आएको वृद्धिलाई नियामक निकायको कमजोरीका रूपमा लिएका छन्। पूर्वबैंकर अनलराज भट्टराईका अनुसार, ूखराब कर्जा एकै दिनमा उच्च हुँदैन, यो वर्षौंको क्रमिक समस्याको परिणाम हो। यसमा नियामक निकायले समयमै ध्यान दिएको भए समस्या यति ठूलो हुँदैनथ्यो।ू

अर्थतन्त्रमा सुधारको अपेक्षा

बैंकहरूको खराब कर्जा व्यवस्थापन र लाभांश सुधार अर्थतन्त्रमा सुधारसँग प्रत्यक्ष सम्बन्धित छ। आर्थिक गतिविधि चलायमान भए र ऋणको माग बढेमा खराब कर्जा घट्न सक्ने बैंकिङ क्षेत्रका अधिकारीहरूको विश्वास छ।

चालु आर्थिक वर्षको बाँकी अवधिमा बैंकिङ क्षेत्रले नाफा र खराब कर्जामा सुधार गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। राष्ट्र बैंक, सरकार, र बैंकहरूले संयुक्त रूपमा समस्या समाधानका लागि दीर्घकालीन नीति निर्माण गर्नु अत्यावश्यक देखिन्छ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

४ हजार ६३१ सवारी दुर्घटना

Pakistan Embassy observed Marka-e-Haq Day

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक