बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केही जोडीहरू किन छुट्टाछुट्टै सुत्दैछन्

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 10 mins read
0
केही जोडीहरू किन छुट्टाछुट्टै सुत्दैछन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 Images

तस्बिरको क्याप्शन,जोडीमध्ये एक जनाले ठूलो आवाजमा घुर्दा अर्को व्यक्ति फरक कोठामा सुत्ने चलन बढ्दो क्रममा छ
Article information

  • Author,फर्नान्दा पल
  • Role,बीबीसी विश्व सेवा
  • ४ जनवरी २०२५

कोभिड-१९ महामारीअघि त्यस्तो समस्या थिएन। तर महामारीपछि सेसिलिया आफ्ना श्रीमान्‌को घुर्ने बानीका कारण निदाउन सकिनन्।

उनले आफ्ना पतिको घुराइ कम गराउने प्रयास स्वरूप उनलाई कोल्टे सुताउने प्रयास गरिन्। तर त्यसले पनि काम गरेन।

ती ३५ वर्षे महिलालाई अब असह्य भयो। अनि उनीहरू एउटा निर्णयमा पुगे।

त्यो उनीहरू सँगै र एउटै कोठामा नसुत्ने निर्णय थियो।

“म आफ्नो काममा केन्द्रित हुन सकिरहेकी थिइनँ। दिनभरि थकित हुन्थेँ। एक दुई रातको लागि तपाईँ सहन सक्नुहुन्छ तर लामो समयसम्म त्यसरी बाँच्न सकिँदैन,” सेसिलिया भन्छिन्।

“त्यो कहाँ सजिलो विकल्प थियो र! त्यसले हाम्रो मन कुँडियो। तर जब मैले हामी त्यसरी पनि सुत्न सक्छौँ भन्ने महसुस गर्‍यौँ म त्यसपछि खुसी भएँ,” उनी सुनाउँछिन्।

सेसिलिया र उनका ४३ वर्षका श्रीमान्‌ले ‘स्लिप डिभोर्स’ अर्थात् छुट्टिएर सुत्ने अभ्यास अपनाएका छन्।

“स्लिप डिभोर्स सुरुमा अस्थायी रूपमा गरिन्छ। तर त्यसपछि जोडीले छुट्टाछुट्टै सुत्दा अझै राम्रोसँग निदाएको महसुस गर्छन्,” अमेरिकास्थित म्याकलिन अस्पतालकी मनोचिकित्सक स्टेफन कोलिअर भन्छिन्।

राम्रो निद्रा चाहनुहुन्छ? यससम्बन्धी सोचाइ बदल्ने कोसिस गर्नुहोस्१० नोभेम्बर २०२४
नेपालमा किन बढ्दै छ एकल परिवार?१८ मई २०२४

“सामान्यतया त्यसको प्रमुख कारण स्वास्थ्य हो… कोही मानिसहरू घुर्छन्, खुट्टा चलाइरहन्छन्, कोही निद्रामै उठेर हिँड्छन् वा स्वास्थ्यका कारण कोही उठेर शौचालय गइरहन्छन्। यसको असर उनीहरूका जोडीलाई पर्छ,” उनले बीबीसीसँग भनिन्।

“त्यसकारण यो नयाँ प्रवृत्ति निकै लोकप्रिय हुँदैछ।”

बिछ्यौनामा एक्लै निद्रामा मुस्कुराइरहेकी महिला

तस्बिर स्रोत,Getty Images

‘मिलेनिअल्स’हरूमाझ बढ्दो चलन

गत वर्षको अन्त्यतिर एकजना चिरपरिचित अमेरिकी नायिका क्यामरन डिआजले एक पोडकास्टमा आफू र आफ्ना श्रीमान् एउटै कोठामा नसुत्ने गरेको बताएकी थिइन्।

“फरक-फरक सुत्ने कोठालाई हामीले सामान्य मान्दै जानुपर्छ भन्ने मलाई लाग्छ,” उनले भनेकी थिइन्।

उनको भनाइले सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया निम्त्यायो। सञ्चारमाध्यममा कैयौँ लेख र टिप्पणीहरू प्रकाशित भए। यद्यपि यो घटना एउटा मात्रै थिएन।

अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनको सन् २०२३ को एक अध्ययन अनुसार अमेरिकामा सर्वेक्षणमा भाग लिएका एकतिहाइ जोडीहरूले सुताइको गुणस्तर सुधारका लागि कहिलेकाहीँ वा नियमितजसो अलग-अलग कोठामा सुत्ने गरेको बताएका थिए।

उक्त अध्ययनका अनुसार यस्तो प्रवृत्ति मिलेनिअल्स भनिने सन् १९८१ देखि १९९६ बीचमा जन्मिएका वा अहिले २८ देखि ४२ वर्षको बीचको उमेर समूहमा रहेका जोडीहरूमा धेरै देखिएको छ।

यो उमेर समूहका करिब आधा अर्थात् ४३ प्रतिशत सर्वेक्षणका सहभागीहरूले आफूहरू जोडीसँग छुट्टिएर सुत्ने गरेको बताएका थिए।

दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै ‘जोडी खोजिदिने कार्यक्रम’मा सक्रिय२६ डिसेम्बर २०२४
बालिकाहरू कलिलैमा महिनावारी हुन थाल्नुका कारण के हुन्११ जुलाई २०२४

यसपछि यस्तो अभ्यास गरिरहेको समूह सन् १९६५ देखि १९८० बीचमा जन्मिएका ‘जेनेरेशन एक्स’ छ।

यो समूहका ३३ प्रतिशत सहभागीले यस्तो अभ्यास गरेको बताएका छन्।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुग्याे

१ घण्टा अगाडि
सहकारीको बचत रकम दुरुपयोग

परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

१ घण्टा अगाडि

त्यसपछि ‘जेनेरेशन जेड’ भनिने १९९७ देखि २०१२ बीचमा जन्मिएको पुस्ता (२८ प्रतिशत) र बेबी बूमर्स भनिने सन् १९४६ देखि १९६४ बीचमा जन्मिएको पुस्ता (२२ प्रतिशत) छ।

“युवा पुस्ताले किन यसो गरिरहेका छन् भन्नेबारे ठ्याक्कै थाहा हुन नसके पनि यसबारे केही परिकल्पनाहरू छन्। त्यसमध्ये एउटा चाहिँ छुट्टाछुट्टै सुत्ने कुरामा अहिले सङ्कोच कम छ। यो सांस्कृतिक परिवर्तन हो। मलाई के लाग्छ भने ‘यदि म राम्रोसँग सुतेँ भने म राम्रो महसुस गर्न सक्छु। त्यसो भए किन नगर्ने’,” डाक्टर कोलिअर भन्छिन्।

आफ्नो बिछ्यौनामा सुतिरहेका पुरुषसँग भेट गर्दै महिलाहरू

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,इतिहासकारहरू विगतमा जोडीहरू फरकफरक कोठामा सुत्ने चलन सामान्य भएको बताउँछन्

इतिहासको विकास क्रमसँगै यसमा परिवर्तन हुँदै आएको देखिन्छ।

केही इतिहासकारहरूका अनुसार ‘डबल बेड’ अर्थात् जोडी सँगै सुत्न मिल्ने बिछ्यौना आफैँमा आधुनिक अवधारणा हो।

यसको प्रयोग औद्योगिक क्रान्तिसँगै मानिसहरू धेरै जनघनत्व भएका ठाउँहरूमा जान सुरु गरेसँगै बढेको उनीहरू बताउँछन्।

तर १९औँ शताब्दी अघिसम्म विवाहित जोडीहरू छुट्टाछुट्टै सुत्ने अभ्यास सामान्य थियो।

“आर्थिक सामाजिक अवस्था जति उच्च हुँदै गयो यो अभ्यास त्यति नै धेरै बढ्दै गयो। राज परिवारका मानिसहरू कसरी सुत्थे भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ,” क्याथोलिक युनिभर्सिटी अफ चिले अन्तर्गतको चिकित्सा विद्यालयमा सुताइ समस्या हेर्ने चिकित्सक पाब्लो ब्रोकमन भन्छन्।

यसका फाइदा के छन्

विज्ञहरूका अनुसार फरकफरक कोठामा सुत्ने निर्णय गरेका जोडीहरूलाई कैयौँ फाइदा छन्।

“यसको मुख्य फाइदा भनेको उनीहरूमा नियमित गहिरो निद्राको विकास हुनसक्छ। राम्रो निद्रा पाउनु समग्र भलाइका लागि अत्यावश्यक छ,” डा कोलिअर भन्छिन्।

“यदि एकजना व्यक्ति सुत्न सक्दैनन् भने त्यसले उनको रोग प्रतिरोधी क्षमता देखि शारीरिक कामकाज लगायतका सबै कुरामा पनि असर पर्छ। यससँगै तपाइँ छिटो रिसाउनुहुन्छ र अधैर्य हुनुहुन्छ। यसले कुनै प्रकारको डिप्रेशन पनि निम्त्याउन सक्छ,” उनी भन्छिन्।

तनावमा हुनुहुन्छ? ‘टु डू लिस्ट’ बनाउँदा निदाउन मद्दत गर्नसक्छ२४ नोभेम्बर २०२४
राम्रो निद्रा चाहनुहुन्छ? यससम्बन्धी सोचाइ बदल्ने कोसिस गर्नुहोस्१० नोभेम्बर २०२४

ती मनोचिकित्सक ‘स्लिप डिभोर्स’ले स्वस्थ सम्बन्ध कायम राख्न पनि सहयोग पुग्ने निश्वास गर्छिन्।

“हामीलाई के थाहा छ भने जुन जोडीले राम्रोसँग आराम पाउँदैनन् उनीहरूबीच धेरै झै-झगडा हुने सम्भावना हुन्छ, धेरै झर्किन्छन् र समानुभूति गुमाउँदै जान्छन्,” उनी भन्छिन्।

बिछ्यौनामा जीउ तन्काउँदै एक महिला

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,केही मानिसहरू एक्लै सुत्दा गहिरो र नियमित निद्रा विकास गर्नसक्छन्

अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनका श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सीमा खोसला पनि यस विषयमा सहमति जनाउँछिन्।

“कमजोर सुताइले तपाईँको मनोदशा खराब बनाउन सक्छ। निद्रा नपुगेका मानिसहरू आफ्ना जोडीसँग झै-झगडा गर्ने सम्भावना धेरै हुन्छ। उनीहरूको निन्द्रा बिथोल्ने व्यक्तिहरूप्रति धेरै रिस हुनसक्छ जसले सम्बन्धलाई नकारात्मक असर गर्छ,” अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनले स्लिप डिभोर्सबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले भनेकी थिइन्।

“रातको समयमा राम्रो निद्रा पाउनु स्वास्थ्य र खुसीका दुवैका लागि महत्त्वपूर्ण छ। त्यसकारण केही जोडी आफ्नो समग्र भलाइका लागि छुट्टाछुट्टै सुत्नु कुनै अचम्मको कुरा होइन,” उनले थपिन्।

मानिसलाई ‘सपना देख्न नसक्ने’ बनाउने ‘एफान्टेजिया’३ मार्च २०२४
नोबेल पुरस्कार विजेता भन्छन् राम्रो खाना, राम्रो निद्रा र नियमित कसरत बुढ्यौलीको औषधिभन्दा प्रभावकारी२५ फेब्रुवरी २०२४

सेसिलियाका हकमा आफ्ना जोडीभन्दा फरक कोठामा सुत्न सुरु गरेयता उनको जीवन परिवर्तन भएको छ।

“त्यसो गर्दा अझै धेरै सहज हुन्छ। राम्रोसँग सुत्न पाइन्छ वा ओछ्यानमा अझै धेरै ठाउँ प्रयोग गर्न पाइन्छ अनि अरूलाई असर नपारी कोल्टे फेर्न सकिन्छ…” उनी भन्छिन्।

“साथै तपाईँको जोडी उठ्दा आफू पनि सँगै उठ्न परेन। तपाईँ आफू जतिबेला उठ्न आवश्यक छ त्यतिखेर उठ्न सक्नुहुन्छ।”

के बेफाइदा पनि छन्?

सबैभन्दा प्रमुख बेफाइदा भनेको यस्तो अभ्यासका लागि एउटा थप बिछ्यौना चाहिन्छ र सम्भवतः थप एक कोठा पनि। त्यसकारण कैयौँ जोडीहरूका लागि यो विकल्प उपलब्ध नहुन सक्छ।

कोठा र बिछ्यौनाको प्रबन्ध भए पनि यस्तो निर्णयका केही नकारात्मक पाटोहरू पनि छन्। कैयौँ जोडीहरूमा यसो गर्दा सामीप्य गुम्दै जाने डर हुने विज्ञहरू बताउँछन्।

“मेरा श्रीमान्‌सँगको सम्बन्धको प्रगाढतामा केही परिवर्तन आएको मलाई पनि लाग्छ,” सेसिलिया स्विकार्छिन्।

“सम्बन्ध र सामीप्यमा असर पर्छ। तर त्यो धेरै गम्भीर हदसम्म होइन। मेरो विचारमा फाइदा धेरै छन्,” उनी थप्छिन्।

डा कोलिअरका अनुसार दिनभरि काम गर्नेहरूका लागि आफ्नो जोडीसँग नजिक हुने समय भनेको बिछ्यौनामा पुगेपछि हो।

“त्यसकारण यसको समाधान भनेको सँगै बिताउने समय सकेसम्म धेरै निकाल्नु हो,” उनी भन्छिन्।

बिछ्यौनाम सुतिरहेका जोडी

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,केही जोडीहरूमा सपनामा सम्बन्ध अझै प्रगाढ हुन्छ

डा ब्रोकमन ‘स्लिप डिभोर्स’ले सबै जोडीका लागि काम नगर्ने बताउँछन्।

“जोडी सँगै सुत्दाका केही जैविक फाइदाहरू पनि छन्। कैयौँका हकमा सँगै सुत्दा उनीहरूको सपना मार्फत् सम्बन्ध स्थापित हुने गर्छ। मानव जातिमा यो आदिम कालबाटै स्थापित विशेषता हो। उदाहरणका लागि महिलाले स्तनपानका समयमा आफ्ना बच्चाहरूसँग यस्तो बन्धन स्थापित गर्नेगर्छिन्। उनीहरूको सुत्ने तालिका पनि एउटै हुनेगर्छ र दुवैले आराम पनि पाउँछन्।”

ती निद्रा विशेषज्ञ थप्छन्: “अध्ययनहरूले कैयौँ वर्ष देखि सँगै सुतिरहेका जोडीहरूमा एक अर्काबीच बन्धन स्थापित भए देखि गहिरो निद्रा पर्ने पनि देखाएका छन्। यसबाट हामीले आफ्नो सुताइको गुणस्तर सुधार गर्न सक्छौँ।”

९३ वर्षे रुपर्ट मर्डकले गरे पाँचौँ बिहे, को हुन् उनी ३ जुन २०२४
घानामा ६३ वर्षका पादरीले १२ वर्षकी बालिकासँग विवाह गरेपछि आक्रोश२ एप्रिल २०२४

विशेषज्ञहरूका अनुसार छुट्टाछुट्टै सुत्ने निर्णय लिएका जोडीहरूले केही सुझावहरु पालना गर्नुपर्ने हुन्छ।

“यदि जोडीमध्ये एक जनालाई मात्रै यस्तो गर्न रुचि हुने र अर्कोलाई नहुने हो भने यसले काम गर्दैन। त्यसले रोष मात्रै जन्माउँछ,” कोलिएर भन्छिन्।

“केही मानिसहरू एक्लै सुत्न चाहँदैनन् र त्यसले उनीहरूलाई नराम्रो महसुस हुन्छ। त्यसपछि उनीहरू सँगै सुत्ने सम्झौता गर्छन्।”

यसमा ब्रोकमन सहमति जनाउँछन्।

“घुर्ने, सपनामा हिँड्ने र खुट्टा चलाइरहने जस्ता साँच्चिकै समस्या भएका मानिसहरूका हकमा कठिन हुनसक्छ। किनभने केही मानिसहरू छुट्टाछुट्टै बिछ्यौनामा सुत्न चाहँदैनन्। खास गरी पुरुषहरू यस्तो चाहँदैनन्,” उनी भन्छन्।

सुत्नका लागि कुन रङ्गको प्रकाश उत्तम१७ डिसेम्बर २०१९
५० मिनेटको भेटका लागि ५० घन्टाको यात्रा : युक्रेनमा युद्धरत सैनिकका पत्नीहरूको पीडा४ जनवरी २०२५

अध्ययनहरूले भने केही देशहरूमा छुट्टाछुट्टै सुत्ने प्रवृत्ति बढिरहेको देखाएका छन्।

यूकेमा पनि सन् २०२० मा न्याश्नल बेड फेडेरेसनले गरेको अध्ययनमा छजनामा एक जना ब्रिटिशहरू सँगै बसे पनि छुट्टाछुट्टै सुत्ने देखिएको थियो।

जसमध्ये पनि १० जोडीमध्ये नौजना फरक-फरक कोठामा सुत्ने गरेका थिए।

सन् २००९ मा भएको यस्तै अध्ययनमा १० जोडीमध्ये एक फरकफरक बिछ्यौनामा सुत्ने गरेको देखाएको थियो।

“यसले के देखाउँछ भने पछिल्लो एक दशकमा छुट्टाछुट्टै सुत्ने दर दोब्बर भएको छ,” न्याश्नल बेड फेडेरेसनले भनेको छ।

को कहाँ सुत्छ भन्दा पनि सम्बन्धमा रहेका धेरै भन्दा धेरै जोडीहरू रातको समयमा राम्रो निद्रा चाहन्छन् भन्ने देखिन्छ।

*सिसेलिया परिवर्तित नाम हो। अन्तर्वार्तामा उनले आफ्नो नाम सार्वजनिक गर्न नचाहेका कारण उनको नाम गोप्य राखिएको छ। bbc

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक