बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपामा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सक्रियता बढ्यो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रास्वपामा  कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सक्रियता बढ्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले पार्टीभित्र सक्रियता बढाएका छन् ।

अर्यालले बिहीबार विभाग प्रमुखहरूलाई सन्देश पठाएर यही पुस २५ गते दिउँसो ४ बजेभित्र आफ्नो क्षेत्राधिकार र जिम्मेवारीमा केन्द्रित रहेर रिपोर्टिङ पेस गर्न भनेका छन् । समयसीमा नै तोकेर कार्यवाहक सभापति अर्यालले विभागका प्रमुखहरूसँग हालसम्मको प्रगति र आगामी योजना मागेका हुन् ।

रास्वपामा विभिन्न ३६ वटा विभागहरू छन् । संगठन विभाग प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल प्रमुख छन् । प्रवास नेपाली सम्पर्क विभागमा डिपी नै प्रमुख छन् ।

मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय विपद् व्यवस्थापनसम्बन्धी द्रुतकार्य (आरएटी) संयोजन विभागमा विष्णुकुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संशाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख छन् ।

आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा. चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनीष झा प्रमुख छन् । विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम र अर्थ नीति विभागमा डा. स्वर्णिम वाग्ले प्रमुख छन् ।

सार्वजनिक लेखा समीक्षा विभागमा मनीष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभागमा डा. तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख छन् । यसैगरी, पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा विराजभक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख छन् ।

पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा. तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार, सहकारी विभागमा अशोक चौधरी, वन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख छन् ।

नीति तथा विचार विभागको प्रमुखमा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी छन् । सुरुमा डा. मुकुल ढकाल थिए । ढकाल पार्टीबाट कारबाहीमा परेसँगै यसको जिम्मेवारी बुर्लाकोटीमा सरेको हो । प्रशिक्षण विभागको प्रमुखमा पनि बुर्लाकोटी नै छन् ।

विभागी प्रमुखहरूसँग रिपोर्टिङ लिएर पार्टीको गतिविधिलाई गति दिने अर्यालको तयारी छ । यसका लागि उनले शुक्रबार पार्टीको सचिवालय बैठक राखेका छन् । पार्टी केन्द्रीय कार्यालय चमतिमा शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । शुक्रबारको बैठकबाट पार्टीको आगामी रणनीति तय गर्न लागिएको नेताहरू बताउँछन् । यसका लागि पार्टीको केन्द्रीय विभागमा मनोनयमा हेरफेर गर्ने तयारीसमेत रास्वपाको छ ।

रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पार्टीको दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो । पार्टीको कार्यवाहक सभापतिमा अर्याल चयन भइसकेका छन् । रास्वपाको संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने तयारी छ ।

नेताहरूका अनुसार डिपी अर्याललाई संसदीय दलको कार्यवाहक नेता बनाउँदा पार्टीमा विश्वासको अवस्था कायम रहने वातावरण छ ।एक नेताका अनुसार, ‘डिपी अर्याललाई नै संसदीय दलको कार्यवाहक नेता बनाउने हो । अरु हुँदा प्रश्न उठ्छ । पार्टीका कार्यकर्तामा पनि शंका हुन्छ । यसकारण डिपीलाई नै दलको कार्यवाहक नेता बनाउने तयारी छ ।’

हाल संसदीय दलकाे उपनेता रहेका विराजभक्त श्रेष्ठले आफू स्वतः दाबेदार रहेको बताउँदै आएका छन् । चन्दा कार्कीले पनि संसदीय दल नेता दाबी गर्दै अनौपचारिक छलफल थालेकी छन् । यही तानातानबीचपार्टीको कार्यवाहक सभापति र संसदीय दलको कार्यवाहक नेता दुवै ठाउँमा डिपी आएमा अनौठो नहुने रास्वपाकै नेताहरू जनाउँछन् । अर्यालले आफूलाई अग्रसर तुल्याउँदै पार्टीका विभिन्न विभागसम्म छोटो अवधि राखेर रिपोर्ट माग्नुका पछाडि यही कारण मुख्य रहेको स्राेतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्

प्रधानमन्त्रीको भारत भ्रमण यात्रा ३० घण्टा मात्रै हुने

८ घण्टा अगाडि
एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक