काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले चौथो जित निकालेको छ ।आज भएको खेलमा गुर्खाजले विराटनगर किंग्सविरुद्ध १ विकेटको झिनो जित निकालेको हो ।
विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य काठमाडौंले १८।१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोड्न सफल भयाे ।
३४ बलको सामना गरेका उनले समान २ छक्का र चौका हिर्काए । शंकर रानाले नटआउट १६ रन जोड्दा दीपेश कँडेल पनि ११ रनमा अविजित रहे । रासिद् खानले १४ रन थपे । बलिङमा विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, वसिर अहमद र क्रिस सोलले समान २ विकेट लिए । यो जितसँगै काठमाडौंको प्लेअफ सम्भावना पनि कायमै रहेको छ ।

