काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार काठमान्डुले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको जनकपुरले ४४ रन जोड्दा आफ्ना शीर्ष ४ ब्याटरलाई गुमाएको छ।
उसका लागि लाहिरु मिलन्था १६ रनमा आउट हुँदा आसिफ शेख २ रन र अनिल साह ११ रनमा आउट भए। यस्तै, शुभ कंसाकार ५ रनमा आउट भए। अहिले क्रिजमा हर्ष थाकर र जेम्स निसम छन्।
काठमान्डुका लागि करण केसीले २ विकेट लिँदा दिपेश कँडेल र शाहब आलमले समान १ विकेट लिए।
यतिबेला जनकपुर ११ ओभरमा ६२ रन बनाएर अहिले खेलिरहेको छ।

