काठमाडौं । अस्ट्रेलियन अलराउन्डर विल बोसिस्टोको कसिलो बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगमै अहिलेसम्मको कम लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६ दशमलव ३ ओभरमै १०३ रन मात्र बनाएर अलआउट हुनपुग्यो। पोखराको ब्याटिङ लाइन ध्वस्त पार्न कर्णाली याक्सका तर्फबाट विल बोसिस्टोले उत्कृष्ट बलिङ गरे।
चार ओभरमा उनले २८ रन खर्चिएर ६ विकेट लिए। एकै खेलमा यतिधेरै विकेट लिने एनपीएलको पहिलो खेलाडी बनेका छन्। वीपीन शर्मा, सोमपाल कामी र युनिससिंह ठकुरीले एक/एक विकेट लिए।
उत्कृष्ट सुरुवात पाएको पोखरा ओपनर आउट भएपछि कुनै पनि ब्याटर चल्न सकेन्। आक्रामक ब्याटिङ गरिरहेका ओपनर आन्द्र गौसको विकेट विपीन शर्मा र दिनेश खरेललाई युनिषले लिएका थिए। आन्द्रले आउट हुनुअघि १२ बलमा २५ रन र खरेलले १९ बलमा २६ रन जोडे।
त्यसपछि रेमोन रेफियरले २० रन बनाउँदा विपीन खत्री र कुशल भुर्तेलले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। सोही कारण पनि अलआउट हुँदै पोखरा १०३ रनमै खुम्चियो। सुरुवाती रनस्कोर हेर्दा पोखरा १८० को माथि जाने सम्भावनामा देखिन्थ्यो। तर अप्रत्यासित रुपमा अलआउट हुन पुग्यो।


