बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रमेश विष्टको नेतृत्वमा ६ संगठनका साझा उम्मेदवार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
झापामा रास्वपाका कार्यकर्ता नियन्त्रणमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ । विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम गर्दै सयुक्त प्यानलले उम्मेदवारसहित प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् ।
प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं विष्टलाई समर्थन गरेका हुन । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिए पछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफु र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए ।

यस्तो छ प्यानल :

अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवः सरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजातिः भिषण राई
एशोसियट सचिव ः विकास काकी
कोषाध्यक्षः रामकृष्ण अधिकारी

केन्द्रीय सदस्यहरू
कोशी प्रदेश केन्द्रीय सदस्य ः १. तीर्थ सिग्देल २. दीपेन्द्र कुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्य ः १. राजु विश्वकर्मा २. संजय कुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम २. मिनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्यः १. दिपक भट्टराई २.
लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः १. यानेन्द्र जिसि २. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्यः १. देविराम देवकोटा २. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्यः १. अर्जुन पन्त २. सूर्य सुवेदी

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः
१. वीरेन्द्र ओली
२. साहास भट्ट

खुल्ला केन्द्रीय सदस्य
१. केशव बहादुर भुल
२. दामोदर खनाल
३. लेखनाथ खतिवडा
४ बुद्द लोप्चन
५ रामकुमार श्रेष्ठ

महिला
२. (आदीवासी, जनजाति) सरु राना
३. (मधेसी) मिनाकुमारी यादव
४. (खस आर्य) दिया चन्द

दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध
आदीबासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध
मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)
अपाङ्गता तर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले
अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य
बख्तियार अलि

लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य ः
१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)

यस्ता छन् प्रतिबद्धता ः
१) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौँ । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौँ । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौँ ।

२) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेसागत संगठनका रूपमा अघि बढाउनेछौँ । साथै, लोकतान्त्रिक समुदायको भरोसायोग्य नागरिक संस्थाको रूपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिबद्ध छौँ ।

३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारप्रति पूर्ण प्रतिबद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नुको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौँ ।

(४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानुन र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौँ ।

(५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौँ । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौँ ।
६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरूका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपाङ्गता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौँ ।

७) महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, मधेसी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौँ ।
८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौँ ।

९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिँदै इ–लाईब्रेरी र सञ्चार सङ्ग्रहालय निर्माण गर्नेछौँ । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौँ ।

यो पनि पढ्नुहोस्

दुई पूर्वश्रममन्त्री पक्राउ

दुई पूर्वश्रममन्त्री पक्राउ

१० मिनेट अगाडि
नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक