शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

मानवतस्करको मन : तलव नपाएको गुनासो गर्दा भिषा नै रद्द ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मानवतस्करको मन : तलव नपाएको गुनासो गर्दा भिषा नै रद्द ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस् नामको मेनपावर कम्पनीबाट सेक्यूरीटी गार्डका रुपमा काम गर्न चार महिना अघि यूनाइटेड अरव इमेरेट्स्को आवुधावी पुगेका गोर्खाका हुमनाथ सापकोटा (टिकाराम)को भिषा मानवतस्करको इच्छा अनुसार नचल्दा रद्द गरिएको छ ।

गएदेखिकै पारिश्रमिक नपाएका सापकोटा नियमित ड्यूटीमा थिए तर पनि बिना कारण उनलाई आज अन्तिम दिन भन्दै कामबाट हटाएको पत्र थमाइएको छ । फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीले आजै दिएको पत्रमा भिषा रद्दको प्रोसेस अगाडी बढाइने जानकारी गराइएको छ । यद्यपि, आफूले पाउनु पर्ने सम्पूर्ण पारिश्रमिक, जाँदा तिरेको लागत रकम र क्षतीपूर्ति नपाएसम्म सापकोटाले हस्ताक्षर गर्न मानिरहेका छैनन् । र, नगर्ने अडानमै छन् । उक्त कम्पनीमा सयौं नेपाली लामो समयदेखि बिना पारिश्रमिक काम गरिरहेका छन् । यसै शिलशिलामा लामो समयदेखि खानाको रकम समेत कम्पनीले नदिएको भन्दै क्याट्रिड्गले बिहान-बेलुकीको खाना समेत बन्द गरिदिएपछि नेपाली लगायतका कयौं श्रमिक भोकभोकै परिरहेको समाचार नेपालका मिडीयामा प्रकाशित भएको थियो । उक्त समाचार उनै हुमनाथ सापकोटाले पठाएको आशंका गर्दै लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्ले समस्याग्रस्त कम्पनीको भिजीटमै रहेका बेला उनलाई त्यस्तो पत्र दिइएको हो ।

काफ्लेले नै कम्पनीलाई पत्र दिन लगाएको आशंका गरिएको छ । त्यहाँ अन्य थुप्रै नेपालीले पारिश्रमिक नपाएसम्म काम नगर्ने भन्दै त्यसै बसिरहेका बेला काफ्लेले “छोरी कुटेर बुहारी तर्साउने” भनेझैँ हुमनाथमाथि एक्सन लिएर अरुलाई काम गर्न बाध्य पार्न खोजेको देखिन्छ । दुई लाख साठी हजार रकम बुझाएर हुमनाथ चार महिना अघि मात्र लिंक इन्टरनेशनल मेनपावरबाट आवुधावीस्थित फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा सेक्यूरिटी गार्डका रुपमा काम गर्न गएका थिए । सापकोटासँगै एउटै लटमा २४ जना श्रमिक र ६ जना सेक्यूरीटी गार्डमा काम गर्न गएका थिए । त्यसरी जानेहरुमा कसैकसैले त ३ लाख बीस हजारसम्म बुझाएको गुनासो पिडीतको छ । त्यहाँ पुगेदेखि नै समस्यामाथि समस्या उत्पन्न भइरहेको र उक्त जानकारी लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेलाई गराउँदा उनले समस्या सामाधानका लागि पहल गर्नुको सट्टा उल्टो आफूलाई नचिनेको भए चिन्न र काम गर्ने मन नभए राजिनामा दिएर फर्कन धम्की समेत दिएको गुनासो यसअघि नै पिडीतले गराइसकेका थिए ।

हुमनाथलाई कामबिहीन गर्नुका साथै बिना कारण भिषा रद्द गर्ने पत्र थमाइएपछि त्यहाँ कार्यरत श्रमिक आफूहरुलाई पठाउने लिंक इन्टरनेशनल प्लेसमेन्टप्रति रुष्ट बनेका छन् । उनीहरुले आफन्तजनलाई खबर गरी उक्त मेनपावरका विरुद्ध कारवाहीका लागि सम्वन्धित निकायमा उजुर गर्न समेत आग्रह गरेको बताइएको छ । भारतको मुम्वईमा मुख्य कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनीले आफ्नो शाखा कार्यालयको हैसियतमा नेपालको लिंक इन्टरनेशनललाई प्रयोग गर्दै आएको प्रमाणित भएको छ । एउटै लोगो, एउटै नाम, उही काम रहेको लिंक इन्टरनेशनल प्लेसमेन्टले भारतीय कामदार र नेपाली कामदार बीच ठूलो भेदभाव गर्दै आएको छ । एउटै कम्पनीमा काम गर्दा भारतीयको सेवा-सुविधा र पारिश्रमिक भन्दा नेपाली श्रमिक त्यो सुविधाबाट वञ्चित छन् । नियमित पारिश्रमिक पाउनु त कता-कताको कुरा उल्टो विना कारण फिर्ता गर्न खोज्नुले मानवतस्करको मन कतीसम्म कठोर हुँदोरहेछ ? पुष्टी भएको छ । लिंक इन्टरनेशनलका लेखापाल समेत रहेका दलालका पनि महादलाल प्रकाश पौडेलले हाल आवुधावीमा रहेका काफ्लेलाई उचालेर हुमनाथलाई फर्काउन खोजेको बताइएको छ । लिंक इन्टरनेशनल म्यानपावर कम्पनीमा दलालसँग डील गर्ने जिम्मेवारी लेखापाल पौडेलले लिएका छन् । उक्त मेनपावर कम्पनीमा प्रकाश पौडेललाई सबैले महादलालका रुपमा चिन्छन् । उनी कुनै पनि काम कमिशन बीना गर्दैनन् ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

३ घण्टा अगाडि
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

मैती शाेसियल रन ८३ सम्पन्न

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक