शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

दिपावली, नेपाल सम्वत्को पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दिपावली, नेपाल सम्वत्को पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७, मूलपानीस्थित द भेलोसिटी स्कुलमा शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पूर्वसन्ध्यामा आयोजित एक बृहत् शुभकामना आदान प्रदान र प्रतियोगतात्मक कक्षागत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्तिक १३ गते मङ्गलबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयका अभिभावकहरूसहित ३०० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रेखा खनालद्वारा पानसमा दीप प्रज्ज्वलन पश्चात् राष्ट्रिय गान गाएर शुभारम्भ भएको कार्यक्रममा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूले आ–आफ्नो समूहको तर्फबाट विविध आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रत्येक समूहले एउटा सामूहिक नृत्य, एक समूह गायन तथा एउटा देउसी भैलो साथै विद्यालयको नाटक क्लबद्वारा तयार पारिएको तिहार विशेष नाटक प्रस्तुत गरी सम्पन्न भएको कार्यक्रममा समूहगत रुपमा विजयी घोषणा गरिएको थयो ।

विद्यालयका शिक्षक सृजना तिवारी, पवित्रा खत्री र रूमा महर्जन निर्णायक रहनु भएको प्रतियोगितामा कक्षा ४ को समूह प्रथम भएको थियो भने कक्षा ३ को समूह दोश्रो स्थान हासिल गर्न सफल रह्यो । त्यसैगरी, कक्षा ५ र ६ ले तेश्रो स्थान प्राप्त गर्न सफल भयो भने कक्षा १ र २ ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
प्रत्येक विजयी समूहका समूह शिक्षकहरू समेत पुरस्कृत भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री रेखा खनालले पुरस्कार तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । विद्यार्थीहरू आफैँले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

विद्यालयका प्रशासन प्रमुख सुप्रभ घिमिरेले सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई विद्यालयको तर्फबाट स्वागत गर्नुभएकोे थियो । कार्यक्रमका सभापतित्व विद्यालयका प्रधानाध्यापक रेखा खनालले हाम्रो संस्कृति र अस्तित्वको जगेर्ना हामीले नै गर्नुपर्छ भन्ने सचेतना फैलाउने मूल उद्देश्यका साथ  कार्यक्रमको आयोजना गरिएको बताउँदै यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको चौतर्फी विकासमा योगदान पुर्‍याउने समेत बताउनु भयो ।

यसका लागि द भेलोसिटी स्कुलले अभिभावकहरूको पनि सधैँ साथ लिई उहाँहरूलाई यस्ता क्रियाकलापहरूमा सहभागी गराई रहने कुरा जानकारी गराउनुभयो । उहाँले विजयी विद्यार्थी समूह, समूह शिक्षकहरुलाई बधाई दिँदै सम्पूर्णलाई नेपालीहरूको दोश्रो महान् चाड शुभ दिपावली, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

नाटककार रत्न बेहोसीको निधन

नाटककार रत्न बेहोसीको निधन

८ घण्टा अगाडि
कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक