शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायलमा रहेका नेपाली भन्छन्, ‘यस्तो क्षेप्यास्त्र पहिले कहिल्यै देखेको थिएन’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
इजरायलमा रहेका नेपाली भन्छन्, ‘यस्तो क्षेप्यास्त्र पहिले कहिल्यै देखेको थिएन’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  इजरायलमा मंगलबार साँझ ७ : ३० बज्दै थियो । इजरायल नै थर्किने गरी लगातार साइरन बजिरह्यो । जब इजरायलको आकासमाथि बाहिरी क्षेप्यास्त्रको प्रवेश हुन्छ, तब क्षेप्यास्त्र खस्ने क्षेत्रमा साइरन बज्न सुरु हुन्छ ।

तर, मंगलबार बजेको साइरन निश्चित क्षेत्र मात्रै थिएन । इजरायलभरि नै बजिरह्यो । ‘म इजरायलमा २००६ देखि कियरगिभरको हैसियतमा काम गरिरहेको छु । मैले मंगलबार साँझ जे भोगे, त्यसअघि कहिले भोगेको थिइनँ,’ इजरायलको नतानिया क्षेत्रमा कार्यरत गीता सुवेदीले इकान्तिपुरसँग भनिन्, ‘हामीलाई आधा घण्टासम्म निकै अत्याइदियो । साइरन बजेको बज्यै गर्‍यो । विस्फोटको ठुल्ठुला आवाजहरु आइरहेको थियो । त्यो बेला अब गइएछ जस्तो लाग्यो ।’

गीता सुवेदी

इरानले इजरायलमाथि आक्रमण गरिरहँदा सुवेदीलाई बम र बारुदमुनि आफू बसिरहेको जस्तो लागेको थियो । ‘लेवनान र गाजापट्टीबाट क्षेप्यास्त्र आउँदा खासै डर हुदैन्थ्यो । सामान्य नै लागेको थियो । जब इरानबाट क्षेप्यास्त्र आएको थियो । त्यो बेलाको आवाज नै अर्को थियो,’ उनले भनिन्, ‘मेरो त मुटुले ठाँउ नै छाडेको थियो । बम बारुदमुनि बसेको जस्तो लाग्यो । आगोको झिल्कोले पुरै आकास ढाकेको जस्तो देखियो ।’

इजरायलमा कार्यरत बेनु भट्टराईले आकासबाट तारा झरे जसरी सुलुलु क्षेप्यास्त्र झरिरहेको आफूले देखेको बताइन् । ‘साइरन बजेपछि म यसो बाहिर निस्किएको थिएँ । आकासभरि सुलुलु तारा जतिकै छ्याप्पै क्षेप्यास्त्र देखियो । त्यो क्षेप्यास्त्र ड्याम्म ड्याम्प पड्कियो,’ उनले भनिन्, ‘हाम्रो घर पुरै हिल्लियो । म बस्ने घरमा बंकर छैन । टेवुलमुनि गएर लुकेँ ।’

इजरायलले लेवनानमा स्थलगत आक्रमण सुरु गरेको साँझ इरानले इजरायलमाथि आक्रमण गरेको थियो । दुईसातादेखि इजरायल हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्रता दिइरहेको छ । इजरायलको आक्रमणबाट हिजबुल्लाह र हमासको वरिष्ठ राजनीतिक र शैन्य अधिकारीहरु मारिइसकेका छन् ।

इरानद्वारा इजरायलभर कम्तीमा एकसय ८० वटा क्षेप्यास्त्र पठाएको इजरायली रक्षा बल (आइडिएफ)को अनुमान छ । जसमध्ये अधिंकाश क्षेप्यास्त्र आकासमा नष्ट गरिदिएको र केही इजरायल र वेष्ट बैंकको भुमिमा झारिदिएको आइडिएफको दाबी छ । आइडीएफका अनुसार इरानको क्षेप्यास्त्र आक्रमणमा एकजनाको मृत्यु भएको र केही घाइते भएका छन् ।

‘क्षेप्यास्त्र आउनुभन्दा अगाडि सतर्क हुन भन्दै पहिला सामान्य जानकारी आउँथ्यो । हिजो (मंगलबार) मोवाइलमा आपतकालीन अलर्ट गरिएको सूचना आयो । यो इरानले क्षेप्यास्त्र पठाउनुअघि दुई मिनेट अगाडि मात्रै थियो । हामीलाई सामान्य बंकरमा नभई घरमुनि (अण्डरग्राउण्ड)मा नै जान भनिएको थियो’, तेलअभिभमा कार्यरत रमेश जोशीले भने, ‘हिजो चाँहि अलि भयवह अवस्था बन्यो ।’

रमेश जोशी

उनले आफूहरु दुई घण्टा बंकरमुनि बसेको बताए । ‘म एउटा कम्पलेक्समा रहेको होटलमा काम गर्छु । हाई अलर्टको सुचना आएपछि हामी जमिनमुनिको बंकरमा गएर दुई घण्टा बस्यौँ । बंकरमा झन्डै तीनसय जना थियो । हरेक तलामा राखिएको सानो बंकरमा नबस्न भनिएको थियो,’ उनले भने,‘अण्डरग्राउडमा बस्दा कोहीसँग सर्म्पक हुदैन ।’

इजरायलले आफूहरुलाई अबको ७२ घण्टा सतर्क भएर बस्न सुचना आएको उनले बताए । ‘बुधवारदेखि यहाँ नयाँ वर्ष सुरु भएको छ । यसबेला जरुरी कामबाहेक बाहिर ननिस्किनु भनिएको छ । आफूलाई चाहिने खाद्यान्य, दुध लिएर बस्नु भनेको छ,’ उनले भने ।

उनले एकठाँउबाट अर्को ठाँउमा जाने बेला आपतकालीन सूचना आउँदा बंकर नभेटिने चुनौती रहेको बताए । ‘यहाँ जो घरमै बसेर काम गर्छन् । उनीहरुलाई त्यति धेरै चुनौती छैन । तर बाहिर भएको बेला साइरन बजेमा नजिकै बंकर नहुँदा ठुलो समस्या हुनसक्छ,’ उनले भने ।

श्रीकृष्ण भण्डरी

गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले नेपालीहरु सुरक्षित भए पनि त्रासमा बस्नुपरेको जनाए ।

‘अहिलेसम्म त नेपालीहरु सुरक्षित छन् । तर मंगलबारको जसरी दैनिक इरानबाट आक्रमण भयो भने फर्कनुपर्ने हुन्छ,’ उनले भने, ‘हिजोको आक्रमणले हामी सबै डराएका छौं । इजराइयले हामीलाई सुरक्षा दिन्छ भन्ने मानसिकता सबै नेपालीमा छ । तर, हिजो जसरी क्षेप्यास्त्र आयो । त्यस्तो मैले कहिले देखेको थिएन । साँचिकै डरलाग्दो थियो ।’ होम कार्की E Kantipur

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

३ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

६ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक