शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

इन्फान्टिनोलाई फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
५१ मिनेट अगाडि
Reading Time: 1 min read
0
इन्फान्टिनोलाई फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई दिने योजना सार्वजनिक गर्ने प्रक्रियामा भएको गल्तीप्रति माफी मागेका छन् ।

तर, इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले सम्बन्धित कागजात सार्वजनिक गरी प्रश्नहरूको जवाफ नदिए इन्फान्टिनो फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी दिएकी छन्।

बिहीबार स्विट्जरल्यान्डको ज्युरिखमा बसेको फिफा काउन्सिलको बैठकमा इन्फान्टिनोले ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजनाबारे छलफल र परामर्श प्रक्रियामा गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन्। उक्त योजना सार्वजनिक भएको केही दिनमै फिर्ता लिइएको थियो।

योजनाअन्तर्गत फिफाको व्यावसायिक अधिकारको केही हिस्सा निजी लगानी कम्पनीलाई दिने प्रस्ताव गरिएको थियो। तर, इन्फान्टिनोले यो अन्तिम निर्णय नभई सदस्य राष्ट्रका फुटबल संघमा थप लगानी गर्न सकिने उद्देश्यसहित ल्याइएको प्रस्ताव मात्रै भएको जनाएका छन्।

बैठकपछि जारी भिडियो वक्तव्यमा इन्फान्टिनोले सञ्चार तथा परामर्श प्रक्रियामा भएका गल्तीका कारण विभिन्न परिणाम आएको भन्दै माफी मागे। उनले बैठकमा उठेका प्रश्नको लिखित जवाफ उचित समयमा दिने पनि जनाए। यद्यपी, हेविटले बैठकमा एफएफईसम्बन्धी कागजातसहित आफूहरूले मागेका प्रश्नको जवाफ नपाएको बताइन्। उनका अनुसार इन्फान्टिनोले कागजात सार्वजनिक नगर्नुको कारणबारे पनि स्पष्ट जवाफ दिएका छैनन्।

‘उहाँले ती प्रश्नको जवाफ दिनैपर्छ। यदि अहिले जवाफ दिनुहुन्न भने उहाँ फिफा अध्यक्ष बन्न योग्य हुनुहुन्न’ हेविटले बैठकपछि भनिन्।

उनले एफएफई योजना, अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्डपछि निलम्बन स्थगित गरिएको घटना र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरिएको फिफा शान्ति पुरस्कारबारे पनि स्पष्टता आवश्यक रहेको बताइन्। यी विषयमा प्राप्त हुने जवाफले इन्फान्टिनोको नेतृत्वप्रतिको आफ्नो धारणा निर्धारण गर्ने उनको भनाइ छ।

यूईएफए पनि असन्तुष्ट

युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि एफएफई योजनालाई लिएर इन्फान्टिनोको आलोचना गर्दै आएको छ। यूईएफएले योजनासम्बन्धी सबै कागजात सार्वजनिक गर्न माग गर्दै अमेरिकाका तीन अदालतमा दाबी पेस गरेको बीबीसीले जनाएको छ। उसले इन्फान्टिनोविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ।

हेविटका अनुसार कागजात सार्वजनिक भएपछि मात्रै एफएफई प्रकरणमा थप कानुनी कारबाही आवश्यक छ वा छैन भन्ने विषयमा स्पष्ट धारणा बनाउन सकिनेछ। उनले यसअघि इन्फान्टिनोप्रति रहेको आफ्नो धारणा परिवर्तन नभएको पनि बताइन्।

तेस्रो कार्यकालका लागि प्रतिस्पर्धी खोज्दै यूईएफए

इन्फान्टिनो आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा तेस्रो पटक निर्वाचित हुने प्रयासमा छन्। सन् २०१९ र २०२३ मा उनी निर्विरोध निर्वाचित भएका थिए।

हालसम्म उनलाई चुनौती दिन सक्ने बलियो उम्मेदवार देखिएका छैनन्। स्विट्जरल्यान्डका पूर्वखेलाडी रामोन भेगाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। तर, उम्मेदवारीका लागि आवश्यक पाँच सदस्य संघको समर्थन जुटाउनसमेत उनलाई कठिन हुन सक्ने आकलन गरिएको छ।

युरोपेली फुटबलका केही वरिष्ठ अधिकारीहरूले आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरलाई उम्मेदवार बनाउन चाहेको बीबीसीले उल्लेख गरेको छ। तर, वेंगरले इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा गर्न फिफाको विश्वव्यापी फुटबल विकास प्रमुखको पद छाड्ने वा नछाड्ने स्पष्ट छैन।

फिफा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ रहेको छ। हेविटले सदस्य संघहरूले फरक योजना र दृष्टिकोणसहितका उम्मेदवारमध्ये छनोट गर्न पाउनुपर्ने बताएकी छन्।

बालोगुनको निलम्बन र शान्ति पुरस्कारबारे पनि छानबिन

बैठकमा अमेरिकी खेलाडी बालोगुनको रातो कार्डपछि निलम्बन स्थगित गरिएको विषय पनि उठेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित गरिएको थियो।

बीबीसीले जनाए अनुसार भविष्यमा रातो कार्ड पाएपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध स्थगित गर्न नपाइने व्यवस्था गर्ने प्रस्ताव फिफा काउन्सिलमा प्रस्तुत गरिएको थियो। फिफाको कानुनी समितिले उक्त विषयको समीक्षा गरी डिसेम्बरमा काउन्सिललाई जानकारी दिनेछ।

त्यस्तै, ट्रम्पलाई प्रदान गरिएको फिफा शान्ति पुरस्कारबारे पनि छानबिन हुने भएको छ। फिफाको सामाजिक समितिले पुरस्कार दिने निर्णय कसरी भयो, निर्णय कसले गर्‍यो र पुरस्कारको व्यवस्था कायम राख्ने, सुधार गर्ने वा हटाउने भन्ने विषयमा समीक्षा गरी डिसेम्बरमा प्रतिवेदन बुझाउनेछ।

हेविटले एफएफई प्रकरण, बालोगुनको निलम्बन र शान्ति पुरस्कारसम्बन्धी घटनाले फुटबलको प्रतिष्ठामाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।

-बीबीसीबाट

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

७ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

१० महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

ठगी नियन्त्रण गर्न नयाँ संरचना अघि बढ्याे

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक