बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पर्यटन

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

कमलामाई (सिन्धुली)। कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ ।

प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिएको  हो ।  नौमती  र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो ।

बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ । प्राकृतिक देवीदेवताहरूको शिला छन् । कमलामाई देवीले पानी पोख्नुभएको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ ।

ऐतिहासिक धार्मिकस्थलको संरक्षण मात्र होइन विकास र प्रवर्द्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँसम्म आउने बाटो कालोपत्रे हुने प्रक्रियामा छ । निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौँ, नमुना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ ।”

हिन्दु धर्मलम्बीहरूले अतिविश्वास गर्ने धार्मिकस्थलमा पर्दछ, कमलामाई मन्दिर । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतका भक्तजन दर्शनका लागि आउँछन् । तर मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन् । यहाँको सौन्दर्ययता, ऐतिहासिकता र धार्मिकताका बारेमा प्रचार–प्रसार कमी भएको उहाँले सुनाउनुभयो ।

नगरप्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो । हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझै पाइन्छ । माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ । यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजनाअन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उहाँको भनाइ छ ।

“यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गछौँ ।  त्यसपछि फलफूलको नमुना ठाउँका रूपमा विकास गदै लैजान्छौँ”, उहाँले भन्नुभयो, “विकासका हिसाबले पिछडिएको तर परिवर्तनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।”

इतिहासकारका अनुसार श्री ३ चन्द्रशमशेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गर्नुभएको थियो । सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाउनुभएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको स्थानीय कुमार मग्रातीले बताउनुभयो । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।

“हिउँद मौसममा यस ऐतिहासिक तथा धार्मिकस्थलमा वनभोज खान आउनेको भीड हुन्छ । कहिले त वनभोज खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन्”, उहाँले भन्नुभयो । कमलामाई मन्दिरमा दर्शन गर्दा मनले चिताएको पूरा हुने, शान्ति छाउने जनविश्वास रहेको पुजारी चन्द्र दासले बताउनुभयो । उहाँले कमलामाई देवीको पवित्रस्थल शक्तिशाली भएको धारणा राख्नुभयो ।

कमलामाई मन्दिरको उद्गमस्थल माईशीरमा भए पनि त्यसको ऐतिहासिक धार्मिकता माईस्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्त्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पुजारीका रूपमा रहनुभएका विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन दुवै स्थलमा  ठूलो मेला लाग्दै आएको छ । मेलामा नेपाल र भारतका भक्तजन उपस्थित बढी हुन्छन् । पहिला मन्दिरमा जाने झोलुङ्गे पुल नहुँदा बर्खायाममा भक्तजनको उपस्थित हुँदैन थियो । मन्दिरमा आवतजावत गर्न सजिलो र मन्दिर व्यवस्थित हुँदै गएपछि दर्शनार्थी बाह्रै महिना आउने गर्छन् । एकपटक दर्शन गर्न आएका दर्शनार्थी चिताएको पूरा भयो भनेर पटक–पटक आउने गरेका पनि उहाँले सुनाउनुभयो ।

“माघ र फागुनमा कम्तीमा पनि सात–आठ हजार पशुपक्षीको काटमार हुन्थ्यो, रगतको खोलै बग्थ्यो । अहिले एक हजारको पनि काटमार हुँदैन, नरिवल फुटाउने, परेवा उडाउने गर्दछन्”, उहाँले भन्नुभयो, “काटमार गरेर पशुबलि दिइन बिस्तारै बन्दै गर्नुपर्छ ।” युवापुस्ता मन्दिरमा दिइने बलि प्रथाविरुद्ध भए पनि बुढापाकाले छोड्न नसकेकाले बलिप्रथा अन्त्य भने भइनसकेको बताउनुभयो । राधिका बुढाथोकी रासस

यो पनि पढ्नुहोस्

नेपाली सेनाले ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

१२ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक