काठमाडाैं । एन्फा महिला लिग फुटबलको आजको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा झापाको चन्द्रपुर र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका हुन् ।
चन्द्रपुरका लागि रजनी थोकर र कर्णालीका लागि सुनकला राईले गोल गरिन् । यस्तै आजको दोस्रो खेलमा दिउँसो ४ बजेदेखि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल जारी रहेकाे छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् ।

