काठमाडौं । इरानले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई ३- ० को सोझो हराएको छ ।
बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५-२२, २८-२६र २५-१७ ले हराउन सफल भयाे ।
सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिइएकाे थियाे ।

