काठमाडौं । जारी पेरिस ओलम्पिकको महिला फुटबलमा ब्राजिल र अमेरिका स्वर्ण पदकका लागि खेल्ने भएका छन्।
गए राति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।
त्यस्तै अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ। त्यस्तै कांस्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन्।
यो खेल अगस्त ९ मा हुने छ।

