काठमाडौँ / माओवादी केन्द्रको उपाध्यक्ष समेत रहेका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्ने बताएका छन्। सोमबार प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीसँग हार स्वीकार गर्दै राजीनामा दिएर देश छाडेको घटनालाई नेपालले गम्भीरता पूर्वक लिनुपर्ने उनको भनाइ छ। घटनाका बारेमा अहिले नै चाँड निष्कर्ष निकाल्नु हतारो हुने जनाउँदै उनले त्यहाँ पाठ भने सिक्न सकिने उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा एक्समा उनले भने, ‘हामी नेपालका राजनीतिक पार्टी र तिनका नेताहरुले राष्ट्रिय स्वाधीनता एवम् नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा, राष्ट्रिय एकताको सुदृढीकरण ,संविधान एवम् लोकतन्त्रको रक्षा ,सुशासन ,समृद्धि र सामाजिक न्यायको पक्षमा आफूलाई रूपान्तरण सहित प्रस्तुत गर्नु आजको माग हो ।
यसलाई छिट्टै बुझौं र त्यस अनुसार व्यवहार गरौं। राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव छ ।नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं।’


