मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री बालेन भारतको राजकीय भ्रमणमा जादै

धारणा न्यूज by धारणा न्यूज
१९ मिनेट अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा दुई देशबीचका विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा सम्भावित सम्झौता हुने तयारी छ।

प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्। दिल्ली विमानस्थलमा उनलाई भारत सरकारका केन्द्रीय मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ।

दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। सोही दिन साँझ नेपाली राजदूतावासले उनको सम्मानमा रात्रिभोज आयोजना गर्नेछ।

प्रधानमन्त्रीको बसोबास नयाँदिल्लीस्थित ताजमान सिंह वा ताज प्यालेस होटलमध्ये एकमा हुने तयारी छ। भारतीय विदेशमन्त्री जयशंकर, गृहमन्त्री अमित शाह र सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री बसेकै होटलमा भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गरिनेछ। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शाह र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ।

सुरुमा दुवै प्रधानमन्त्रीबीच सीमित प्रतिनिधिसहित ‘वान प्लस फोर’ ढाँचामा छलफल हुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलका सदस्य सहभागी हुने ‘वान प्लस फोर्टिन’ ढाँचामा औपचारिक वार्ता हुनेछ।

यसलाई भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। वार्तामा आर्थिक सहयोग, हवाई रुट विस्तार, ऊर्जा व्यापार, पूर्वाधार विकास, रेलमार्ग तथा नेपाल–भारतबीच लामो समयदेखि थाँती रहेका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमणको अन्त्यमा भारतीय विदेश सचिव विक्रम मिस्रीले सञ्चारमाध्यमलाई जानकारी गराउनेछन्।

भ्रमणका क्रममा नेपालमा भारतीय सहयोगमा निर्माण भएका केही आयोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत छ।

प्रधानमन्त्रीको भ्रमण टोलीका १५ जना अधिकारीको बसोबास, खानपान तथा व्यवस्थापन खर्च भारत सरकारले बेहोर्ने र अन्य सदस्यको खर्च नेपाल सरकारले व्यहोर्ने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह मंसिर ७ गते दिउँसो ४ः५० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१६ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक