काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।
जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ ।
आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ ।
इटली ३ स्वर्ण जितेर आठौं स्थानमा छ भने क्यानडा र हङकङ समान २ स्वर्ण जितेर क्रमश: नवौँ र दशौँ स्थानमा छ ।
विश्वका २०६ राष्ट्रको सहभागी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ राष्ट्रले कम्तीमा एक पदक जितेका छन् ।
पदक तालिकामा एसियाली राष्ट्रहरु अघि रहँदा दक्षिण एसियाका राष्ट्रहरुको भने कमजोर प्रदर्शन जारी छ । भारतले दुई कांस्य जित्नु बाहेक अन्य दक्षिण एसियाली राष्ट्रले पदक जित्न सकेका छैनन् ।
नेपालबाट पेरिसमा विभिन्न ६ खेलका ७ खेलाडीको सहभागिता रहेकोमा ५ खेलाडीको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनका प्रिन्सले समूह चरणको अन्तिम खेल आज खेल्दैछन् । यस्तै एथ्लेटिक्स महिला म्याराथनमा सन्तोषी श्रेष्ठले अन्तिम दिन अर्थात ११ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन् ।

