शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी हिरासतमा बेचन झाबारे के भैरहेको छ ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भारतीय नागरिक बेचन झा नेपाल प्रहरीको हिरासतमा छन् । नेपालको समेत नागरिकता प्राप्त गरिसकेका यी भारतको बिहार प्रदेश निवासी झा वीरगन्ज उपमहानगरपालिका–७ घर भएर काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने नेपाली नागरिक भएको जनाउँछन् ! झा असार १४ मा पक्राउ परेका हुन् ।
१३ दिन हिरासतमा बसेका झासँग अनुसन्धान अधिकृतहरूले अहिलेसम्म बयान लिन सकेका छैनन् । उनले बहाना बनाएर बयान दिन अस्वीकार गरेको थाहा भएको छ।

झा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको नयाँ भवनक हिरासतमा छन् । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले बयान लिन खोजेपछि उनी ‘टाउको दुख्यो, बोल्दिनँ’ भनेर पन्छिने गरेका छन् ।

आगन्तुकहरूसँग भेटमा उनलाई कडाइ गरिएको जनाईएको छ । कानुन व्यवसायी र उनका दुई जना छोराबाहेक अरूलाई भेट्न दिईएको छैन, प्रहरी स्रोतले जनाएको छ ।

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको पहिलो चरणको अनुसन्धान निष्कर्ष छ । प्रहरीका अनुसार झाले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।

मन्त्रीपरिषद्बाट निर्णय गराउन सक्छन् भनेर गिरोहका सदस्यहरूले उनलाई चेक दिएका हुन् । उनलाई चेक दिन सानु भण्डारीले गिरोहका सदस्य रामशरण केसीलाई भनेका थिए । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् । पक्राउ परेपछि अनुसन्धान अधिकृतहरूले सोधपुछ गर्दा उनले भनेका छन्, ‘चेक च्यातिदिएँ ।’
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बैंकमा पेस गर्दा हस्ताक्षर नमिलेपछि सो चेक सटही भएन । भुटानी शरणार्थी प्रकरणको योजनाकारमध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका थिए ।

भुटानी शरणार्थी प्रकरण आफूलाई थाहा भएको झाले जनाएका छन् । प्रहरी अधिकृतहरूसँग उनले भनेका छन्, ‘भुटानीको बारेमा मलाई थाहा छ तर, म पैसा दिएर काम गराउँदिन ।’

आफू समाजसेवी भएको जिकिर गर्दै उनले प्रहरी अधिकृतहरूसँग नेपालका राजनीतिक दलका नेताहरूसँग चिनजान र सम्पर्क रहेको स्वीकारेका छन् । अधिकृतहरूसँग उनले भनेका छन्, ‘नेताहरूसँग मेरो चिनजान छ तर, यस्तो काम भन्दिन ।’

बानेश्वरस्थित थापागाउँमा उनले ‘विभांशु ब्रदर्श’ नामको कन्स्ट्रक्सन कम्पनी सञ्चालन गरेका छन् । सो कम्पनीमार्फत उनले विद्युतको ठेक्का लिने गरेका थिए । २०५१ देखि उनी ठेक्कापट्टा गर्थे ।
शरणार्थी प्रकरणमा पूर्व गृहमंत्री बालकृष्ण खाण सहितका उच्च अधिकारीहरू पक्राउ परेपछि उनी फरार भए । उनका पारिवारिक सदस्यहरूका अनुसार झा लामो समय भारतमा लुकेर बसेका थिए । उनकी छोरी भारतमा छिन् । झालाई कञ्चनपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी गराएका छन् ।

यसअघि पक्राउ परेका रामशरण केसीले बयानमा भनेका छन्, ‘२०७८ मंसिर १३ मा बसेको मन्त्रीपरिषद् बैठकबाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’ तर, झा त्यसपछि शरणार्थी प्रकरणको कुनै पनि घटनामा देखिएका छैनन् ।
बयान लिनुअघि झाविरुद्ध अनुसन्धान अधिकृतहरूले प्रमाण सङ्कलन गरिरहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ भन्छन्, ‘पहिले प्रमाण सङ्कलन गरेपछि बयान गराउँछौँ ।’

प्रहरीसँग झाको नाममा जारी भएको चेकको फोटोकपी प्राप्त छ । चेक सटही भए–नभएको बारेमा बैंकसँग विवरण माग गरिएको बुझिएको छ ।

उनीविरुद्ध सङ्गठित रूपमा ठगेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रमाण सङ्कलनका लागि उनको मोबाइलको फरेन्सिक जाँच गरिने प्रहरी स्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

४६ मिनेट अगाडि
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

संसद् अधिवेशन स्थगन

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक