आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

जलविद्युत् विकासमा भारतको अवरोध चिर्न चीनसँग सहकार्य जरुरी १

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जलविद्युत् विकासमा भारतको अवरोध चिर्न चीनसँग सहकार्य जरुरी १
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालको महत्वपूर्ण सम्पदामध्ये एक हो, नदीनाला । यही नदीनालाका कारण यहाँ अथाह जलविद्युत्को सम्भावना पनि छ । एकै नदीमा पनि थुप्रै जलविद्युत् आयोजना बनाएर विद्युत् उत्पादन गर्न मात्र सकिने होइन, यही माध्यमबाट नेपाली धनी पनि बन्न सक्छ । तर, हालसम्म भने नेपालले बल्लतल्ल आफूलाई मात्र पुग्ने विद्युत् उत्पादन गर्न सकेको छ । अहिले वर्षायाममा बढी हुने विद्युत् सस्तोमा भारतलाई बेच्दै आएको नेपालले हिउँदमा भने महँगोमा त्यही भारतबाट विद्युत् किन्न विवश छ ।

नेपालको जलविद्युत् आयोजनामा छिमेकी मुलुकको रस्साकस्सी छ । दुई ठूला बजार भारत र चीन हुँदाहुँदै पनि नेपालले पर्याप्त विद्युत् उत्पादन र बिक्री गर्न नसक्नुको कारण पनि यही नै हो । विशेषगरी भौगोलिक कारणले चीनसँग नेपालको व्यापार सहज छैन । अर्कोतर्फ भौगोलिकताको दृष्टिले सहजै व्यापार हुनसक्ने भारतले भने नेपाली उत्पादनलाई सकेसम्म बन्देज लगाउँदै आएको छ । नेपाललाई आफ्नो बजारको रुपमा मात्र भारतले विकसित गर्न खोजिरहेको छ । जलविद्युत् आयोजनामा पनि भारतले यही रणनीति अपनाएको छ । उसले चिनियाँ लगानीमा नेपालमा बनेका जलविद्युत् आयोजनाबाट विद्युत् नै नकिन्ने नीति लिएको छ ।

तर, नेपालले भारतको विकल्पमा चीनसँग पनि विद्युत् व्यापार गर्नसक्ने सम्भावना बढेपछि उसले बंगलादेशसँग विद्युत् व्यापारका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पु¥याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ । भारतको बहरामपुरदेखि बंगलादेशको भेरामारासम्म यसभन्दा अगाडि निर्माण गरिएको एक मात्र भारत–बंगलादेश अन्तरदेशीय प्रसारण लाइनमार्फत अहिले भारतले ११६० मेगावाट बिजुली बंगलादेशमा बिक्री गरिरहेको छ । यो प्रसारण लाइनको क्षमता करिब १२०० मेगावाटसम्मको रहेकोले अब थप ५० मेगावाट नेपाली बिजुली उक्त प्रसारणलाइनमार्फत बंगलादेश पुग्नेछ ।

नेपालबाट चीनतर्फ जाने कुनै पनि विद्युत् प्रसारण लाइन बनिसकेको छैन । तर, भारतको रवैयाअनुसार अब नेपालले पनि चीनतर्फ तीव्र रुपमा प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिन्छ । हालै मात्र चिनियाँहरुले नुवाकोटको रातमाटेदेखि रसुवागढी हुँदै तिब्बत जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि चासो दिएको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको लागि राय–सुझाव माग्ने काम भएको सार्वजनिक भएको छ । चीनतर्फको यो अन्तरदेशीय प्रसारण लाइनले करिब ५००० मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता राख्नेछ । हाल एमसीसी परियोजना अन्तर्गत निर्माण गरिने ४०० केभीको प्रसारण लाइन काठमाडौंबाट नुवाकोट, धादिङ, मकवानपुर, तनहुँ, पाल्पा र परासी हुँदै भारतको गोरखपुर जोडिंदैछ । यो अन्तरदेशीय प्रसारण लाइन नेपालको ३५०० मेगावाट बिजुली भारतमा बेच्नको लागि भनिए पनि डबल सर्किटको यो प्रसारण लाइनमार्फत परासीको बिजुली पाल्पा, तनहुँ, धादिङ हुँदै नुवाकोटको रातमाटे पनि आउँछ । यस्ता प्रसारणलाइनलाई नेपालले गौरवको आयोजनाको रुपमा प्राथमिकतामा राख्न जरुरी छ । यसो हुन सकेमा भारतले नेपालको जलविद्युत् क्षेत्रमा लामो समयदेखि गर्दै आएको अवरोध चिर्न सहयोगीसिद्ध हुनेछ, आगे सबैलाई चेतना भया !

 

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४२ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक