सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म काठमाडौंमा केन्द्रीय संयोजक क. किरणको अध्यक्षतामा राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक सफलतापूर्वक सम्पन्न भएकाे छ ।

बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुबारे यसै प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।

१) बैठकको प्रारम्भमा विभिन्न जनआन्दोलन, जनयुद्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रान्तिमा सहादत प्राप्तगर्ने वीर वीराङ्गनाहरू प्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२) साथै, बैठकमा यही जेष्ठ २८ गते ४९ बर्षको उमेरमा वीर अस्पतालमा उपचारका क्रममा असामयिक रुपमा निधन हुनुभएका पार्टीका केन्द्रीय सचिवालय सदस्य क. नारायण सापकोटा (क. प्रकाश) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकप्रस्ताव पारित गरियो ।

३) राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक एकता महाधिवेशनको तयारीमा केन्द्रित रह्यो । बैठकमा सर्वप्रथम कमरेड किरणले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम सम्बन्धी राजनीतिक प्रस्ताव पेश गर्नु भयो । त्यसै क्रममा केन्द्रीय कार्यालयका विभिन्न कमरेडहरुले विभिन्न दस्तावेज तथा प्रस्तावहरू प्रस्तुत गर्नुभयो । ती सम्पूर्ण दस्तावेज तथा प्रस्तावहरूबारे आवश्यक छलफल, बहस तथा अन्तरक्रिया गर्नका लागि केन्द्रीय संगठन समितिका कमरेडहरुलाई १० ओटा समूहहरूमा विभाजित गरियो । त्यसपश्चात्, सबै समूहहरुका तर्फबाट सम्बन्धित टोली प्रमुख समेतका कमरेडहरुले समूहमा सम्पन्न छलफल, बहस तथा अन्तरक्रियाको सारसंक्षेप प्रस्तुत गर्नु भयो ।

त्यसैक्रममा बैठकमा आमन्त्रित केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा उपाध्यक्ष कमरेडहरुले अनुभूतिपरक मन्तव्य प्रस्तुत गर्नु भयो । त्यस पश्चात् सह संयोजकहरू कमरेड कन्चन, कमरेड असिमद्वारा संक्षिप्त मन्तव्य प्रस्तुत भयो र संयोजक कमरेड किरणद्वारा आवश्यक स्पष्टीकरण दिइयो । यसरी समग्रमा ती दस्तावेज तथा प्रस्तावहरूलाई आवश्यक विधि तथा प्रक्रियाका बीचबाट महाधिवेशनमा प्रस्तुत गर्नका लागि तयार पार्ने निर्णय लिइयो ।

४) बैठकमा यही २०८१ कार्तिक २ गते काठमाडौमा राष्ट्रिय एकता महाधिवेशन उद्घाटन गर्ने निर्णय गरियो र महाधिवेशनको तयारीका लागि अर्थ समिति, प्रचार प्रसार समिति तथा व्यवस्थापन समिति समेत बनाउने निर्णय लिइयो ।

५) केन्द्रीय संगठन समितिको बैठकमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिइएको छ ।

यस सन्दर्भमा स्वस्थ, मर्यादित तथा मैत्रीपूर्णढङ्गले बहस तथा अन्तरक्रियालाई सन्चालन गर्ने, महाधिवेशनलाई अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकसित तुल्याउने, पार्टीलाई विपरीतहरूको एकत्वका रूपमा लिई एकता–संघर्ष–रुपान्तरणका बीचबाट नयाँ आधारमा एकताबद्ध, सुदृढ तथा क्रान्तिको रथ हाँक्न योग्य बनाउने, विचारधारात्मक, राजनीतिक तथा सांगठनिक रूपमा क्रान्तिकारी तथा सही कार्यदिशा निर्माण गर्ने, वर्तमान दलाल नोकरशाही पुरानो राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नेपाली सर्वहारावर्ग र शोषित पीडित जनसमुदायको नयाँ राज्यसत्ता निर्माण गर्नका लागि क्रान्तिको तयारीमा दृढतापूर्वक अगाडि बढ्ने र सबै सच्चा क्रान्तिकारी कम्युनिस्ट व्यक्तित्व तथा समूहलाई पनि गोलबन्द गर्ने लगायतका विषयहरुबारे यस बैठकमा अत्यन्त सजीवता र गम्भीरताका साथै सम्पन्न छलफल, बहस तथा अन्तरक्रिया विशेष उल्लेख्य रहेका छन्।

६) अन्त्यमा बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरूलाई विशेष धन्यवाद दिंदै संयोजक कमरेडद्वारा बैठकको समापन गरियो ।

 

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

३ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

शिक्षा मन्त्रीले ‘हरित विद्यालय’ मोडलबारे लिए जानकारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक