काठमाडौं । खेलको अन्त्यतिर यान भेरटोगेनले गरेको आत्मघाती गोलमा फ्रान्सले युरो २०२४ मा सोमबार बेल्जियमलाई १–० ले हराएको छ ।
यस जितसँगै फ्रान्स क्वार्टरफाइनल पनि पुगेको छ । फ्रान्सले अब क्वार्टरफाइनलमा पोर्चुगलको सामना गर्नेछ । युरो २०२४ : बेल्जियमको आत्मघाती गोलमा फ्रान्स क्वार्टरफाइनलमा स्तर र रोमाञ्चकताविहीन खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला ८५ औं मिनेटमा रान्डल कोलो मुनिको प्रहार भेरटोगेनबाट डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । डिडिएर डेसच्याम्पको फ्रान्स फेरि एकपल्ट गोलका लागि संघर्षरत रह्यो ।
यसपल्टको युरोमा उपाधिको दाबेदार रहेको फ्रान्सले ओपन–प्लेबाट गोल गर्न सकेको छैन । हारले बेल्जियमको स्वर्णिम पुस्ता फेरि एकपल्ट असफल भएको छ र उनीहरू टिमका रूपमा समाप्त हुने मोडमा पुगेका छन् ।
