बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

युरोकप २०२४ मा यी टाेली प्रि क्वाटर फाइनलमा भिड्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
युरोकप २०२४ मा यी टाेली प्रि क्वाटर फाइनलमा भिड्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जर्मनीमा भइरहेको युरो २०२४ मा समूह चरणको खेलहरु सकिएपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गएराति समूह एफको अन्तिम २ खेल भएपछि समूह चरणका खेलहरु सकिएका हुन् ।

यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुग्दा तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाए ।

चार समूहबाट ३-३ तथा दुई समूहबाट २-२ टोली नकआउट चरणमा पुगेका हुन् । समूह ए बाट घरेलु टोली जर्मनी र स्वीट्जरल्याण्ड, समूह बी बाट स्पेन र इटली, समूह सी इंग्ल्याण्ड र डेनमार्क समूह डीबाट अष्ट्रिया र फ्रान्स समूह ई बाट रोमानिया र बेल्जियम तथा समूह समूह एफबाट पोर्चुगल र टर्की क्रमश: समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

यस्तै समूह सी बाट सल्भेनिया, समूह डी बाट नेदरल्याण्ड्स, समूह ई बाट सल्भाकिया र समूह एफबाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ए मा तेस्रो भएको हंगेरी र समूह बी मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेन ।

फ्रान्स र बेल्जियम अन्तिम १६ मै भिड्ने

समूह चरणमा केही अप्रत्यासित नतिजा आउँदा नकआउट चरणको समीकरण पनि रोमाञ्चक बन्ने भएको छ ।

जसमा फ्रान्स र बेल्जियमबीच अन्तिम १६ मै भिडन्त हुने भएको छ । यस्तै साविक विजेता इटलीले अन्तिम १६ म स्वीट्जरल्याण्ड्सँग खेल्नुपर्नेछ ।

फ्रान्स र बेल्जियमसहित आयोजक जर्मनी, फ्रान्स, पोर्चुगल एकै पुलमा छन् । यी टोलीहरु मध्येबाट एक टोली मात्र फाइनल पुग्नेछन् । अर्कोतर्फ इटली, इंग्ल्याण्ड र नेदरल्याण्ड्सबाट एक टोली फाइनल पुग्नेछ ।

अन्तिम १६ मा जर्मनीले डेनमार्कसँग खेल्दा स्पेनले पहिलो पटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यी दुई खेलको विजेता क्वाटरफाइनलमै भेट हुनेछन् । यस्तै पोर्चुगलले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

अर्कोतर्फ रोमानियाले नेदरल्याण्ड्सको सामना गर्दा अष्ट्रिया र टर्कीबीच खेल हुनेछ । रोमानिया र अष्ट्रिया आफ्नो समूहमा समूह विजेता बनेका थिए । यी दुई खेलको विजेता क्वाटरफाइनलमा एकआपसमा भिड्नेछन् । यस्तै इंग्ल्याण्डले स्लोभाकियासँग खेल्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटली र स्वीट्जरल्याण्डको विजेतासँग खेल्नेछ ।

अन्तिम १६ को खेलतालिका नेपाली समय अनुसार

जुन २९

स्वीट्जल्याण्ड विरूद्व  इटली, राति ९:४५ बजे

जर्मनी विरूद्व डेनमार्क, मध्यराति १२:४५ बजे

जुन ३०

इंग्ल्याण्ड विरूद्व स्लोभाकिया, राति ९:४५ बजे

स्पेन भर्सेस् विरूद्व , मध्यराति १२:४५ बजे

जुलाई १

फ्रान्स विरूद्व बेल्जियम, राति ९:४५ बजे

पोर्चुगल विरूद्व स्लोभेनिया, मध्यराति १२:४५ बजे

जुलाई २

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

रोमानिया विरूद्व नेदरल्याण्ड्स, राति ९:४५ बजे

अष्ट्रिया विरूद्व टर्की, मध्यराति १२:४५ बजे

क्वाटरफाइनल

जुलाई ५

इंग्ल्याण्ड/स्लोभाकिया विरूद्व स्वीट्जरल्याण्ड/इटली, राति ९:४५ बजे

फ्रान्स/बेल्जियम विरूद्व पोर्चुगल/स्लोभेनिया, मध्यराति १२:४५ बजे

जुलाई ६

स्पेन/जर्जिया विरूद्व जर्मनी/डेनमार्क, राति ९:४५ बजे

रोमानिया/नेदरल्याण्ड्स विरूद्व अष्ट्रिया/टर्की, मध्यराति १२:४५ बजे

सेमिफाइनल

जुलाई ९ : पहिलो क्वाटरफाइनल विजेता विरूद्व दोस्रो क्वाटरफाइनल विजेता, मध्यराति १२:४५ बजे

जुलाई १० : तेस्रो क्वाटरफाइनल विजेता विरूद्व चौथो क्वाटरफाइनल विजेता, मध्यराति १२:४५ बजे

फाइनल खेल

१४ जुलाई : पहिलो सेमिफाइनल विजेता विरूद्व दोस्रो सेमिफाइनल विजेता मध्यराति १२:४५ बजे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक