काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारको आयुबारे अनभिज्ञता प्रकट गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारको आयुबारे अनभिज्ञता प्रकट गरेका हुन् ।
विदेशबाट काठ आयात गर्ने र नेपालको काठ प्रयोग गर्न नपाउने समस्यालाई दीर्घकालीन रूपमा नै सम्बोधन गर्नुपर्ने उनको प्रस्ताव थियो । जवाफ दिने क्रममा मन्त्री सुडीले सरकारको आयुलाई स्मरण गरेका हुन् । ‘माननीय अम्मरबहादुर थापाज्यू अब प्रशस्त काठ पाउनुहुन्छ, काठबाट आम्दानी पनि आउँछ । तर यही छ, तीन महिने सरकार हो कि तीन वर्षे सरकार हो । यसमा पनि विचार गर्नुपर्छ,’ मन्त्री सुडीले भने ।


