काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी एम३५ फाइभजी बजारमा ल्याएको छ। फोनमा ६ हजार एमएएचको ब्याट्री छ जसले चार्ज लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ।
स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन किन्दा उक्त चार्जर निःशुल्क आउँछ।
ग्यालेक्सी एम३५ पावरफुल एक्जिनस १३८० प्रोसेसरबाट सञ्चालित छ।जसमा ८जीबीको ¥याम छ र २५६जीबीको इन्टरनल स्टोरेज माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।
वान यूआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने फोनले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिन्छ। सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने प्रतिबद्धता जनाएको छ। यसले मोबाइल अप–टु–डेट र सुरक्षित रहन्छ। फोनमा ६.६ इन्च एफएचडी प्लस १२० एचजेटको सुपर अमोलेड डिस्प्ले छ।
यसका साथै भर्सटाइल क्यामरा सेटअप रहेको कम्पनीले जनाएको छ। यसमा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस), ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामराका साथ ५० मेगापिक्सलको मुख्य क्यामरा छ। यसको अगाडि १३ मेगापिक्सलको क्यामरा छ। यसका अलवा डलबी अटमस सपोर्ट, फिंगरप्रिन्ट रिडर, वाइफाइ ६ (एएक्स), ब्लुटुथ ५.३ र यूएसबी–सी (यूएसबी २.०)लाई सपोर्ट गर्छ। यसले २५ वाटको वायर्ड चार्जिङलाई पनि सपोर्ट गर्छ।
गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा यो फोन उपलब्ध छ। यसअनुसार ८ प्लस २५६जीबी भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। फोन नेपालका सबै सामसङका अधिकृत आउटलेटमा किस्तामा पनि किन्न सकिन्छ।

