काठमाडौँ / प्रथम सिएच आइटिएफ एशियन आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ।
नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा शुक्रबारदेखि ललितपुरमा तीन दिनसम्म च्याम्पियनसिप हुन लागेको हो। सातदोबाटोस्थित कराते हलमा च्याम्पियनसिपका खेलहरू हुनेछन्।
बिहीबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। आयोजक नेपालसहित मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका र सिंगापुरका खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। करिब दुई हजार पाँच सय खेलाडीले समान ८५ स्वर्ण तथा रजत र ११६ कांस्य पदकका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ।
शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ट्रफी पाउनेछन्। प्रतियोगितामा स्पाइरिङ र कातामा प्रतिस्पर्धा हुनेछन्।

