बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन्दीपको अमेरिकी भिसा अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकामा क्रिकेटको विकासको लागि वकालत गर्दै आएको साथी बाल्टिमोर नामक नाफारहित सङ्गठनले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका लागि एक अभियान सुरु गरेको छ । नेपाल स्थित अमेरिकी राजदूतावासले बुधवार लामिछानेलाई भिसा दिनबाट अस्वीकार गरेपछि साथी बाल्टिमोरले दबाब दिने अभियान सुरु गरेको हो ।

साथी बाल्टिमोरले यस अभियानमार्फत सन्दीपको भिसाका लागि दबाब दिन मेरिल्याण्ड राज्यका सिनेटरसँग सम्पर्क राख्ने प्रयास समेत गरिरहेको छ ।

“हामी, अधोहस्ताक्षर, सन्दीप लामिछानेलाई टि-२० विश्वकपमा सहभागितालाई सक्षम पार्न अमेरिकाको भिसा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई सम्मानपूर्वक आग्रह गर्दछौँ”, साथी बाल्टिमोरको विज्ञप्तिमा लेखिएको छ ।

“सन्दीप लामिछानेलाई टी–२० विश्वकपमा सहभागी हुन नदिने विश्व क्रिकेट समुदायको अपमान हो”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ । “सन्दीपलाई भिसा दिनु खेलकुद, निष्पक्ष खेल र विश्वव्यापी क्रिकेटको प्रवर्द्धनका मूल्यहरूसँग पङ्क्तिबद्ध हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिन हामी अधिकारीहरूलाई सम्मानपूर्वक अनुरोध गर्दछौँ ।”

बुधवार सन्दीप लामिछानेको अमेरिकी भिसा नेपाल स्थित अमेरिकी राजदूतावासले दिन अस्वीकार गरेको थियो । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दीपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका थिए ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिवर्तनका लागि सहमति दिने जानकारी गराएको थियो ।

तर अमेरिकी दूतावासले भिसा दिन नसकिने बताएको छ । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने क्रिकेट सङ्घका अध्यक्ष चन्दले जनाए ।

यो पनि पढ्नुहोस्

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

६ घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक