शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

जापान र दक्षिण कोरियाको हारसँगै विश्वकपमा सकियो एसियाको यात्रा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जापान र दक्षिण कोरियाको हारसँगै विश्वकपमा सकियो एसियाको यात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा एसियाबाट ६ राष्ट्र सम्मिलित थिए । जसमा आयोजक कतारसहित, इरान र साउदी अरेबिया समूह चरणबाटै बाहिरिए भने ३ टिम अष्ट्रेलिया ९एसियाबाट फुटबल खेल्छ०, जापान र दक्षिण कोरिया अन्तिम १६ मा पुगेका थिए ।

तर सोमबार राति भएको नकआउट चरणको जापान क्रोयसियासँग पेनाल्टीमा चुक्यो भने दक्षिण कोरिया ब्राजिलसँग ४–१ को हारले बाहिरियो । एकै दिन २ एशियाली राष्ट्रहरुको विश्वकप यात्रा टुङ्गियो । अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि यसअघि नै अष्ट्रेलिया घर फर्केको थियो ।

विश्वकपमा १९९८ बाट भाग लिन सुरु गरेको जापानले यस पटक राम्रो सुरुवात गरे पनि अन्तिम १६ सम्म मात्र आइपुग्न सक्यो । २००२ मा पहिलो पटक अन्तिम १६ सम्म पुगेको जापानले यस पटक सुरुको खेलमा जर्मनीलाई २–१ पराजित गर्दै राम्रो सुरुवात लिएको थियो । दोस्रो खेलमा कोस्टरिकासँग १–० ले पराजित भएको जापानले तेस्रो खेलमा स्पेनलाई २–१ ले हरायो । समुह चरणमा दुई जायान्ट राष्ट्रलाई पराजित गरेको जापानले केही आशा जगाएको थियो ।

दक्षिण कोरियाले पहिलो खेल उरुग्वेसँग शुन्यको बराबरी खेलेको थियो । दोस्रो खेलमा घानासँग ३–२ ले पराजित भयो । समुह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ हराउँदै समुह एचको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

अन्तिमा १६ मा यात्रा टुङ्गिए पनि यी दुई राष्ट्रले एसियाली फुटबलको राम्रो परिचय प्रस्तुत गरे । जापानी समाचार संस्थाले सोमबार भएको खेललाई दुई दशकसम्म एसियाली फुटबलले याद राख्ने क्षण भनेर वर्णन गर्‍यो । दक्षिण कोरियाको योनहाप समचार एजेन्सीले ‘यादगार अन्डरडगको कहानी’ भनेर लेखेको छ ।

जापनको अहिलेसम्मको विश्वकपको यात्रा हेर्ने हो भने चार पटक अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । २००२, २०१०, २०१८ र २०२२ मा जापान अन्तिम १६ सम्म पुग्न सफल रह्यो । यो टिम अन्तिम १६ बाट माथि उक्लन सकेको छैन ।

जापानका प्रशिक्षक हाजिमी मोरियासु आफ्ना खेलाडीको खेल सुधार्ने प्रतिबद्धता जनाएका थिए । अन्तिम १६ मा कडा प्रतिस्पर्धा दिएको जापान पेनाल्टीमा चुक्यो । १२० मिनेटसम्म क्रोएसियासँग १–१ बराबरी खेलेको जापानले पेनाल्टी ३–१ का साथ पराजित भयो ।

जापानका अनुभवी डिफेन्डर युटो नागाटोमीले यस पटक आफ्नो चौथो विश्वकप खेलेका थिए । उनले क्रोएसियासँगको हार पश्चात भने, ‘यो हारको हामीलाई धेरै ठूलो पश्चताप रहनेछ । तर यो हारले हामीलाई आगामी दिनमा सुध्रिने कुरा सिकाउनेछ ।’

डिफेन्डर नागाटोमीले थपे, ‘हामीले अन्तिमसम्म पनि जापानीको डटेर खेल्ने क्षमता देखायौं । हामीलाई हार बेहोर्नु गाह्रो थियो तर जापानी फुटबलले प्रगति गरिरहेको छ, यसमा कुनै शंका छैन ।’

जापानी प्रशिक्षक मोरियासु भने यो हार पश्चात जापानी फुटबलको नयाँ युग सुरु भएको बताउँछन् । ‘हामी एकै पटक सुपरहिरो बन्न सक्दैनौं । हामीले एक एक खुड्किलो पार गर्दै जानु पर्छ । तर जापान एक विश्वकप खेल्ने स्तरमा भने पुगिसकेको छ ।’

‘यी खेलाडीहरु अब हरेक खेलाडीसँग आँखा जुधाउन सक्छन् । यिनीहरुले कडा प्रतिस्पर्धीलाई पछि पारे यसले पनि उनीहरुको हौसला बुलन्द बनाएको छ’, प्रशिक्षक मोरियासुले भने ।

क्रोयसियासँगको हारपश्चात केही खेलाडी मैदानमै लडे, कति रोए पनि तर प्रशिक्षक मोरियासुले उनीहरुलाई सम्हाले । ‘नतिजा हामीले सोचे अनुरुप आएन तर मैले उनीहरुलाई भनेको थिएँ, तिमीहरुले गरेका सबै कुरालाई नकार्न सकिदैँन’, उनले भने, ‘हामी अन्तिम १६ मा नै सिमित हुन सक्दैनौ एक नयाँ परिदृश्य देख्न सकौं ।’

आफ्नो टिमले राम्रो खेले पनि क्रोयसियाका गोलरक्षक डोमनिक लिभाकोभिकले उत्कृष्ट बचाउ गरेको उनले बताए । ‘हामीले नतिजा स्विकार गर्नुपर्छ । हामी दबावमा परेमा झुकेको जस्तो लाग्दैन । मलाई लाग्छ क्रोयसियाका गोलरक्षक निकै राम्रो थिए ।’

जापानका गोलरक्षक सुची गोन्डाले भने, ‘हामी कमजोर देखियौं तर हामीले गत चार वर्षमा जति गर्न सक्थ्यौं त्यो सबै गरेका थियौं ।’

दक्षिण कोरियाको नतिजामा सन्तुष्ट खेलाडी, प्रशिक्षक र समर्थक

दक्षिण कोरियाका कप्तान सन ह्योङ मिनले आफ्नो टिमका खेलाडीले जे जति गर्न सक्थे त्यो सबै गरेको बताए । ब्राजिलसँगको अपेक्षित हार पश्चात उनले आफ्नो टिमका हरेक खेलाडीले आफ्नो शतप्रतिशत दिएको बताए । ‘ब्राजिलको खेलमा हामीले सबैथोक गर्‍यौं, जति हामीले गर्न सक्थ्यौं’, उनले भने ।

प्रिमियर लिग क्लब टोटेनह्यामका एसियाली फर्वाड सनले भने, ‘ब्राजिल उत्कृष्ट छ । उनीहरुको हरेक खेलाडीले गोल गर्ने क्षमता राख्छन् ।’ आँखामा चोट लागेपछि कतारमा उनले सुरक्षाका लागि फेस मास्क लगाएर खेलेका थिए । उनले भने, ‘हामीले जे गर्‍यौं त्यसमा म निर्कै गर्व गर्छु । म मेरो टिमको कुनैपनि खेलाडीलाई दोष दिन चाहन्न् उनीहरुले सबैथोक दिएर खेलेका थिए ।’

दक्षिण कोरिया सन् २००२ मा जापानसँग सहकार्य गरि गरेको विश्वकप संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता दक्षिण कोरिया दोस्रो पटक अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । २००२ मा युरोपियन र अमेरिकन टिम बाहेक एसियाबाट पनि कुनै टिम सेमिफाइनल प्रवेश गरेको थिएन ।

दक्षिण कोरियाका लागि प्रमुख प्रशिक्षकको भूमिकामा रहेका पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले आश मारिसकेका थिए । उनले २०१८ को विश्वकपमा समुह चरणबाटै बाहिरिए पश्चात टिममा कुनै पनि दबाब सिर्जना गर्न चाहन्थेनन् ।

उनले भने, ‘हामीले विश्वकपमा निकै निष्पक्ष तरिकाले बाहिरिदैं छौं’, उनले ब्राजिलसँगको ४–१ को हार पश्चात भने ।

यो पनि पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

६ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे दोस्रो चरण प्रशिक्षण कार्यक्रम सुरु

६ घण्टा अगाडि

यो विश्वकपको खेलपश्चात उनले दक्षिण कोरियाको प्रमुख प्रशिक्षकको पदबाट पनि राजीनामा दिने बताए । भने, ‘उनीहरुलाई मैले धन्यवाद दिनुपर्छ । उनीहरुले आफ्नो शतप्रतिशत दिए । मलाई उनीहरुको प्रशिक्षक हुनुमा गर्व छ ।’

विश्वकप जित्ने सपना टुटे पनि दक्षिण कोरियाका समर्थक भने आफ्नो टिमको प्रदर्शनदेखि निकै खुसी छन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा हिउँ र चिसोको सामना गर्दै हजारौं समर्थकले ब्राजिलसँगको खेल सामुहिक रुपमा हेरेका थिए । दक्षिण कोरियाको समचार एजेन्सी योनहापका अनुसार ३३ हजार समर्थकले शहरको आउटडोर खेल हेर्ने स्थानमा खेल हेरिरहेका थिए । तापक्रम शुन्य ९३२ डिग्री फरेनहाइट० भन्दा कम हुँदा पनि उनीहरुले देशको खेल हेर्न बिहानको चिसोको सामना गरेका थिए ।

खेल हेर्न आएका २२ वर्षीय एक विद्यार्थी ली ह्युन सियोले एपीसँग भने, ‘नतिजा महत्वपूर्ण होइन । हाम्रो खेलाडीहरुलाई धन्यावाद । हामी अन्तिम १६सम्म पुग्नु नै हाम्रो लागि गर्वको विषय हो ।’

सोही स्थानमा रहेका २५ वर्षीय विद्यार्थी किम जे चिओलले भने, ‘ब्राजिलको जीत अपेक्षित थियो । हामी हारे पनि हाम्रो समर्थन दक्षिण कोरियाका लागि कहिल्यै घट््दैन । म कोरियाको टिमलाई सधैं समर्थन गरिरहनेछु । हामी कुनै दिन क्वाटर फाइनल र सेमिफाइनलमा पनि पुग्नेछौं ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक