बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नौ महिनामा २८६ उद्योगमा स्वदेशी र विदेशी एक खर्ब ६५ अर्ब लगानी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नौ महिनामा २८६ उद्योगमा स्वदेशी र विदेशी एक खर्ब ६५ अर्ब लगानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा २८६ उद्योगमा स्वदेशी र विदेशी एक खर्ब ६५ अर्ब लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म २८६ उद्योग दर्ता भएका हुन् । जसमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामै लक्ष्यभन्दा बढी २२३ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगबाट २० हजार १३७ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।

यस्तै चालु आवमा ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामा २७ वटा र ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामा सबैभन्दा कम ३६ वटा मात्र दर्ता भएका हुन् । चालु आवको बजेटमार्फत साना उद्योग दर्तामा सरकारले विभिन्न सुविधा व्यवस्था गरेकाले पनि साना उद्योग सञ्चालनका लागि लगानी गर्न लगानीकर्ता आकर्षित भएका हुन् ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले साना उद्योग दर्तामा विभिन्न सहुलियत छुट सुविधा भएकाले पनि साना उद्योग दर्ता गर्ने उद्योगीको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो ।

साना उद्योग सञ्चालन गर्न कम खर्च लाग्ने भएकाले पनि धेरै दर्ता हुने गरेका छन्, उहाँले भन्नुभयो, “कतिपय उद्योग सुविधा पाउनकै लागि दर्ता हुने र सञ्चालनमा नआउने गर्छन ।”

गत आवको चैत मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले एक खर्ब ८० खर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएका थिए । चालु आवको सोही अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताले एक खर्ब ६५ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएका हुन् । जसमा यो वर्ष १५ अर्ब रुपियाँ कम लगानी प्रतिबद्धता जनाएका छन् । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण नयाँ उद्योग दर्तामा कमी आएको छ ।

यस्तै चैतमा मात्रै स्वदेशी २८ वटा नयाँ उद्योग दर्ता गरेका छन् । जसमा साना उद्योग १९, मझौला उद्योग चार र ठुुला उद्योग चार वटा दर्ता भएका छन् ।

उक्त उद्योगहरूमा १० अर्ब ५९ करोड रुपियाँ लगानी प्रतिबद्धता जनाएका छन् । सोही उद्योगबाट एक हजार ९८४ जनाले रोजगारी पाउने विभागले जनाएको छ । त्यसै गरी चैतसम्ममा ३० अर्ब १० करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागले सो अवधिमा ३८ अर्ब रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आउने अपेक्षा गरेको थियो । तीन उद्योगबाट १३ हजार ८३४ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । नौ महिनामा सात वटा डिजाइन दर्ता भएका छन् । चार हजार २०९ सङ्ख्यामा ट्रेडमार्क दर्ता भएका छन् । प्रारम्भिक वातावरण परीक्षण आइई २८ वटा भएका छन् । साथै चैतसम्ममा दुई वटा प्याटेन्ट, सात वटा डिजाइन र चार हजार २०९ वटा ट्रेडमार्क दर्ता गरेका छन् ।

यो पनि पढ्नुहोस्

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

५ घण्टा अगाडि
‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक