बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने

sf7df8f}F, # df3 . gjlgo'Qm :jf:Yo tyf hg;+VofdGqL kbd lu/L l;+xb/af/l:yt dGqfnodf dªunaf/ kbef/ u|x0f ub}{ . tl:a/ M xl//fd e]6'jfn, /f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने जनाएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने जनाएका हुन्।

उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने जनाए । उनले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडि बढाउने जनाए ।

‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सिमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडि परेको जनता, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य चुनौति हो’, उनले भने, ‘त्यो पूरा गर्नेगरी हामीले सम्पूर्ण ध्यान त्यसमा केन्द्रित गर्छौं। अहिले सबै पालिकाहरुमा ५ देखि १५ बेडसम्मका अस्पतालहरु निर्माणको प्रक्रियामा छन्।’

मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताए। उनले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने जनाए।

उनले भने, ‘नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या छ । गरिव जनताको पहुँचभन्दा बाहिर छ । उपचार नपाएर मर्नुपर्ने स्थिति छ । स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ ? यसका कहाँ कहाँ के के समस्याहरु छन् ? ति समस्याहरु पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जाने । सबै नागरिकहरुलाई त्यसको दायराभित्र ल्याउने र गुणस्तरिय स्वास्थ्य सेवा दिने ।’

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिइन्।

उनले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पुर्‍याउनका लागि मापदण्ड बनाएको बताइन्। त्यस्तै वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उनले बताइन्।

‘पहिलो निर्णय हामीले स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी गरेका छौँ। त्यसअन्तर्गत पालिकास्तरमा हुने स्वास्थ्यकेन्द्रमा हुनुपर्ने उपकरणहरु, जनशक्तिहरु, सेवाहरु सम्बन्धिका नियमनकारी मापदण्डहरु छन्’, उनले भनिन्, ‘त्यो साथसाथै क्षेत्रियस्तरका अस्पतालहरु, जिल्लास्तरका अस्पतालहरु, केन्द्रिय, प्रादेशिक स्तरका अस्पतालहरुमा हुनुपर्ने मापदण्ड सम्बन्धीका निर्णय आज लिएका छौँ । र यसैमा आधारित भएर आवश्यक संशोधन पनि बेलाबखतमा गर्दै जानेछौँ र यसमा हाम्रो उद्देश्य चाहीँ आम नागरिकले, ३ करोड नेपालीले नै चाहे सुगममा हुन्। चाहे दुर्गममा हुन् । हरेक व्यक्ति व्यक्तिले महशुस गर्नेगरी यो मापदण्ड सेट गरेका छौँ।’

उनले आफ्नो दोस्रो निर्णयमा राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिसम्बन्धी निर्णय लिएको बताइन्। ‘आँखा सम्बन्धी स्वास्थ्य सेवालाई विकेन्द्रिकरण गरिकन हामीले वडा स्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा कसरी आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्न सकिन्छ त्यो सम्बन्धी निर्णय लिएका छौँ’, उनले भनिन्, ‘हाम्रो प्रतिवद्धता यहीँ नै रहन्छ, आम नेपालीको पहुँचमा, हरेक व्यक्ति व्यक्तिले अनुभुति गर्नेगरी मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई हामीले सुनिश्चित गराउनेछौँ।’

उनले स्वास्थ्य बीमालाई अनिवार्य गरेर हरेक नेपाली नागरिकले अनुभुति गर्नेगरी यसलाई हामीले प्रभावकारी ढंगले अगाडि बढाउने बताइन्।

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

३ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक