मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो ।

गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ पर्नुभएका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना हुनुभएको थियो । सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उहाँलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुनेबित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सुन तस्करीको अभियोगमा चैतको पहिलो साता पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि अस्पतालमा राखेर नै थप अनुसन्धान गरियो । उहाँले आफू अस्वस्थ रहेको भनी अदालतसमक्ष निवेदन गरेकाले अदालतको आदेशमा नै प्रहरीले नर्भिक अस्पतालमा राखेर थप अनुसन्धान गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता तथा सांसद टोपबहादुर रायमाझी पनि पक्राउ परेपछि अस्पताल भर्ना हुनुभएको थियो । हालै अनेरास्ववियु स्थायी कमिटी सदस्य रश्मि बमलाई पनि पक्राउपछि स्वास्थ्यको समस्या देखाउँदै अस्पताल भर्ना गरिएको थियो ।

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय हिरासतमा बस्नभन्दा पक्राउ हुनेबित्तिकै बिरामी भएको भन्दै अस्पतालमै उपचार गराउने प्रवृत्ति बढेकाले नेपाल मेडिकल काउन्सिलले त्यसको कार्यविधि बनाउने तयारी गरेको हो । पक्राउ परेका व्यक्ति हिरासतमा नबसी अस्पतालमा भर्ना हुँदा अनुसन्धानलाई प्रभावित पार्ने भएकाले मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि निर्माण गर्न लागेको हो ।

विभिन्न आरोप लागेका उच्च पदस्थ तथा अन्य व्यक्तिले हिरासतबाट उम्कन आफू बिरामी भएको बहाना बनाउँदै अस्पताल भर्ना हुने क्रम बढेकाले मेडिकल काउन्सिलले पक्राउपछि कस्ता व्यक्तिलाई अस्पताल भर्ना गराउनुपर्ने भन्ने विषयमा कार्यविधि तय गर्ने छ ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार तथा प्रवक्ता डा. सतिशकुमार देवले पक्राउ परेका व्यक्तिले हिरासत छल्न अस्पतालको सहारा लिइरहेको भन्दै कस्ता व्यक्तिलाई बिरामी मान्ने भन्ने विषयमा कार्यविधि बनाउन लागिएको बताउनुभयो । मेडिकल काउन्सिललाई पक्राउ परेका व्यक्तिले अस्पतालको सहारा लिन थालेपछि गृह मन्त्रालयले त्यससम्बन्धी कार्यविधि बनाउन काउन्सिललाई पत्राचार गरेको थियो । गृहको पत्राचारपछि काउन्सिलले कार्यविधि बनाउन लागेको हो ।

काउन्सिलका प्रवक्ता डा. देवले तत्काल पक्राउ परेको व्यक्ति बिरामी हो कि होइन ? भए कस्तो खालको बिरामी हो ? पक्राउ पर्नेबित्तिकै अस्पतालको आवश्यकता पर्छ कि पर्दैन ? भन्ने जस्ता विषयमा विस्तृत अध्ययन गरेर कार्यविधि बनाइने जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका व्यक्तिका लागि चिकित्सकीय सेवा उपलब्ध गराउनेबारे विभिन्न देशले गरेका कानुनी प्रबन्ध, बनाएका मापदण्ड र चिकित्सकीय आधार र संलग्नता छ या छैन भन्नेबारे अध्ययन गरी कार्यविधि बनाइने छ ।

यस्तै पक्राउ परेका व्यक्तिलाई चिकित्सकीय सेवा उपलब्ध गराउनेसम्बन्धी नेपालको विद्यमान कानुनी प्रबन्ध वा अभ्यासमा नेपाल मेडिकल काउन्सिलको संलग्नता र हालसम्म काउन्सिल सहभागी भएको घटनाको विवरण र ती घटनाको निष्कर्षसहितको अध्ययन हुने छ ।

उहाँले चिकित्सकीय सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचारसंहिता आकर्षित हुने या नहुने भन्ने विषयमा पनि कार्यविधिमा समेटिने जानकारी दिनुभयो ।  सरोज ढुङ्गेल गाेरखापत्र

 

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

२ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक