बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार समाज

तीन दशकदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
तीन दशकदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाटन । नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। खर्च अभावका कारण करिब ३० वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्माचार्यले बताए।

उक्त समितिको आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही माघ ८ गतेसम्म सञ्चालन हुनेछ। गोदावरी नगरपालिका–११ चापागाउँमा अवस्थित बज्रबाराहीदेवी मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा मुख्य कथावाचक पण्डित कपिलदेव भट्ट छन्। काठमाडौं उपत्यकामा चारतिर चार बाराही मन्दिर छन्। उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा बज्रबाराही पर्दछन्। त्यहीमध्येको बज्रबाराही बाराहको स्त्रीलिङ्गी रुप हो।

बज्रबाराही देवस्थल चापागाउँको पूर्वी क्षेत्रमा पर्दछ। यसको पूर्वतिर झरुवारासी, बडिखेल, दक्षिणतिर लेले, पश्चिमतिर पागल वन, नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो पर्दछ। बज्रबाराही बाहेक अरु तीन बाराहीमा हालसम्म दैनिक नित्य पूजा सञ्चालन हुँदै आइरहेको छ। माघ ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने श्री बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष कर्माचायले बताए।

उनले भने,  ‘मन्दिरको दैनिक पूजा चलाउन सामग्रीसमेत जुटाउन नसक्ने भएपछि सो काम रोकिएको हो, अब नियमित सञ्चालन गर्न अक्षय कोष स्थापना गर्नु आवश्यक छ।’

महायज्ञको शुभारम्भमा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशमशेर राणाले सबैले मिलेर महायज्ञलाई सफल बनाउँदै अक्षयकोष स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुपर्ने बताए। ‘बज्रबाराही मन्दिर हाम्रो महत्वपूर्ण सम्पदा हो, यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा हामीहरु सबै मिलेर लाग्नुपर्छ’, उनले भने।

त्यस्तै ललितपुर क्षेत्र नं २ का सङ्घीय सांसद प्रेमबहादुर महर्जनले पूर्खाले जोडेर छाडेको भौतिक सम्पदा र अमूर्त सम्पदाको संरक्षण गर्ने लक्ष्य आफ्नो निरन्तर सहयोग हुने बताए। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पूर्खाले चलाएको प्रचलनको संरक्षण गर्न नसक्दा नित्य पूजा सञ्चालन गर्न पनि महायज्ञ लगाउनुपर्ने अवस्थामा पुगेको बताए।

सात दिन महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकिएको कामलाई निरन्तरता दिने समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताए।

सत् धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रकोसमेत हित हुने विचार व्यक्त गर्दै मुलुकभरका नागरिकलाई सप्ताह महाज्ञान श्रवण गरी देवीको नित्य पूजा सञ्चालनका लागि सहयोग गरिदिनका लागि अर्का सल्लाहकार डा नारायणहरि गजुरेलले आग्रह गरे।

बज्रबाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनकोबीचमा रहेको छ। नेपाल संवत् ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेको र पछि सो संवत् ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेको समितिका अध्यक्ष कर्मार्चायले जानकारी गराए।

बज्रबाराहीको जङ्गलमा विभिन्न जडीबुटी तथा वनस्पति प्रशस्त पाइन्छन्। सो देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पात साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीय पुरुषोतम घिमिरेले बताए। रासस

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

१ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक