शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माधव नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहालको पथ पछ्याउँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माधव नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहालको पथ पछ्याउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधिसभामा १० सिटको बल बोकेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवाादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको पथ पछ्याउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन्।

देउवा बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका हुन्। कांग्रेस स्रोतका अनुसार भर्खरै सत्ताबाट गलहल्याइएका देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ओली-दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई असहयोग गर्नका लागि फकाउन बिहानबिहानै उनको घर पुगेका हुन्।

तर, नेपाललाई ओली-दाहालको प्रस्ताव मन परिसकेको स्रोतले दाबी गरेको छ। सत्ता गठबन्धनमा मिसिन अन्तिम निर्णयका लागि नेकपा समाजवादीको बैठक अहिले केहीबेरमा बस्दै छ भने त्योभन्दा अघि नै पार्टीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री दाहालसँग भेट गर्न बालुवाटार पुगेका छन्।

देउवासहितको गठबन्धनमा सोमबार गएको पहिरोले अचानक कांग्रेसलाई विपक्षी कित्तामा हुर्‍याइदिएको छ भने नेकपा एमाले सत्ता पक्षीय बनिसकेको छ।

सत्ता गठबन्धनका सर्तहरुबारे छलफल गर्न नेता खनाल भने प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगेका छन्। बिहान ११ बजे पार्टीको सचिवालय बैठक बस्दैछ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई औपचारिक रुपमा सत्ता गठबन्धनमा आउन आग्रह गरेका थिए। ओली र दाहालको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।

बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको ओलीसँग नेपाल निवास पुगेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताए। उनले यद्यपि नेकपा (एकीकृत समाजवादी) को बुधबारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पारे।

उनले भने, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ। भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ। सकारात्मक छ। यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ।’

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताए।

एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले विभिन्न दलका नेताहरुसँगको भेटघाट बढाएका छन्।

यसअघि मंगलबार नै नयाँ सत्ता-गठबन्धनको कार्यदल बैठक बसेको थियो। नयाँ सत्ता गठबन्धन कार्यदलमा नेकपा एमालेका शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठ रहेका छन्। उनीहरूले मन्त्रालयको भागबन्डाका विषयमा छलफल गरेका थिए।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह. परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा. वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन. सङ्घीय मामिला तथा सामान्य प्रशासन. सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन्।

उता कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

एमालेको प्रस्तावमा प्रधानमन्त्री बनेका दाहाललाई कांग्रेसले २०७९ पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो। एमालेले समर्थन दिएकै अवस्थामा कांग्रेसले पनि समर्थन गर्दै सरकारमा सहभागी भएको थियो। सरकारमा कांग्रेसको प्रवेशसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको थियो।

आइतबार प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि कांग्रेसले समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेको हो।

बैठकपछि उपसभापति धनराज गुरुङले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ। राजनीतिक चलखेल नेपालको प्रवृत्ति नै हो। १० महिनामा प्रधानमन्त्रीसँग पटक(पटक कुराकानी भएको छ । १० महिनामा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्नुभएको थिएन।’

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

१५ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

१५ घण्टा अगाडि

सरकारमा सहभागी सबै मन्त्रीलाई प्रधानमन्त्रीले सोमबार नै हटाइसकेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक