शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

चलचित्र ‘हिमालयन गोल्ड

धारणा न्यूज by धारणा न्यूज
२२ मिनेट अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘हिमालयन गोल्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
धिरज राजवंशी
निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर दर्शकमाझ यही मंसिर ४ गतेदेखि आउँदैछन् । अमेरिकाको लसएन्जल्समा फिल्म डिरेक्सन र प्रोड्युसिङ विषयमा अध्ययन गरेका उनले नेपाल फर्किएपछि फिल्म ‘खुस्मा’मा चिफ एडी भएर काम गरे । यो फिल्मको सुटिङका लागि रुकुम पुगेपछि उनलाई ‘हिमालयन गोल्ड’को बाटो खुलेको रहेछ ।

‘नेपाल फर्किएपछि कस्तो कथामा फिल्म बनाउने भन्ने सोच दिमागमा चाहिँ थियो । नेपाली कथालाई ग्लोबल अडियन्समा देखाउनु पर्यो भने बाहिर नै लगेर देखाउँदा कुन चाहिँ नयाँ कथा देखाउन सकिन्छ भन्ने माइन्डसेट थियो । हामी ‘खुस्मा’को सुटिङका लागि रुकुम पुगेका थियौं । सुटिङ सकिएपछि मैले स्थानीयबाट सबैभन्दा राम्रो यार्सागुम्बा रुकुममा पाउँछ भन्ने थाहा पाएँ’, उनले भने, ‘सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगें । त्यो बेला यार्सागुम्बा टिप्ने सिजन पनि रहेछ । त्यहाँ पुगेपछि यार्सागुम्बा टिपेका व्यक्तिहरुमाथि कसरी लुटपाट हुन्थ्यो । कसरी डोल्पाका मान्छेहरु रुकुम आउँथे । मनाङ जान्थे भन्ने थाहा पाएँ । माओवादी युद्ध पनि रोल्पा, रुकुमबाट नै सुरु भएको थियो । सुरक्षा नहुँदा कसरी लुटपाट हुन्थ्यो भन्ने थाहा पाएपछि ‘ल यसमा चाहिँ कथा छ है’ भन्ने लाग्यो । किनकी मलाई लाग्छ यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेका पनि छैनन् ।’

धिरजले फिल्म ‘हिमालयन गोल्ड’मा रुकुम, डोल्पा, रोल्पा, मनाङको समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कुरा देखाएको बताए । उनका अनुसार फिल्मले सन् १९९० ताकाको समयलाई देखाएको छ । जुन समयमा स्थानीयबासिन्दा यार्सागुम्बा टिप्न जाँदा सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्थे । ‘जो जो मान्छे यार्सा गुम्बा टिप्न जान्थे, त्यो बेला लुटपाट धेरै हुन्थ्यो । त्यही कुरालाई फिल्ममा देखाएका छौं’, उनले भने ।

धिरजका अनुसार उनलाई यसको कथा तयार पार्न झण्डै डेढ वर्ष समय लागेको थियो । उनले सुटिङ अघि चारपटक मुस्ताङ पुगेर स्क्रिप्ट लेखेका रहेछन् । उनले यार्सागुम्बा टिप्ने स्थानमा पुगेर क्याम्प नै बनाएर बसेका रहेछन् । ‘त्यहाँ पुग्न मलाई घोडामा पाँच घण्टा समय लाग्यो । मलाई खासमा डोल्पामा सुट गर्न मन थियो । तर फिजिबिलिटी, बाटो सुविधा नभएर र प्रोडक्सन खर्च बढी हुने देखिएपछि मैले मुस्ताङमा सारे’, उनले भने, ‘मुस्ताङमा सार्दा पनि हाइ अल्टिच्यूटमा नै गर्यौ । ४८०० भन्दा मुनि त सुट नै गरेनौं । लोमान्थाङमा व्यवासायिक रुपमा सुट गरेको फिल्म सम्भवत हाम्रो नै पहिलो हो । लोमान्थाङ माथि पनि सुट गरेर आएका छौं ।’

धिरजले फिल्मको हिरो नै परीक्षा लिम्बु रहेको खुलाए । परीक्षाको अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ हेरेपछि परीक्षाको अभिनयबाट धिरज प्रभावित भएका रहेछन् । ‘मैले प्रोडक्सन भन्दा ६ महिना अघि नै उहाँलाई फिल्मको लुज ड्राफ्ट दिएको थिएँ, त्यो उहाँले मनपराउनुभयो अनि साइन गराएँ । फिल्ममा परीक्षा हिरो, अनि चारजना गुण्डा छन् । पहिलो गुण्डाको रुपमा कर्मा दाईलाई नै लिएँ । किनभने स्क्रिप्ट लेख्दा देखि नै कर्मा दाई दिमागमा हुनुहुन्थ्यो । त्यसपछि सजन थापा मगर । उहाँलाई मैले ‘पशुपति प्रसाद’ हेरेपछि नै आफ्नो फिल्ममा लिन्छु भन्ने थियो । अनि उहाँले अडिसन दिनुभयो र छनोट हुनुभयो । अनि अन्तिममा सुनिल थापा चाहिँ जोडिनुभयो’, धिरज खुले, ‘म पहिला देखि नै एभरेष्ट फिल्म गइरहन्थे । मैले लसएन्जल्समा पढ्दा भोगेको कुरा के थियो भने फिल्म पढिसकेपछि अधिकांश विद्यार्थीको जाने बाटो नै हुँदैन थियो । उनीहरुलाई फिल्म उद्योगमा कसरी घुस्ने भन्ने थाहा हुँदैन । त्यसकारण मैले एभरेष्ट फिल्म एकेडेमीमा गएर चार पाँचजना विद्यार्थीहरुलाई हाम्रो फिल्ममा इन्टर्न गर्न लगाएँ । फिल्ममा मेन भिलेन, ग्याङको लिडर कास्ट भइरहेको थिएन । त्यही क्रममा मैले सुनिल दाईलाई ‘दाई यो रोल गरिदिनु न’ भनेको थिएँ । उहाँले स्क्रिप्ट पढ्ने बित्तिकै म गर्छु भन्नुभयो ।’

हिमाली भेगमा फिल्मको सुटिङ गर्नुपर्दा उनले चुनौती राम्रै भोगेका रहेछन् । ‘हामीले प्रि प्रोडक्सनमा नै प्रत्येक काष्ट एण्ड क्रुलाई नै भनेका थियौं । पहिलादेखि नै वार्मअप गरिरहेका थियौं । मुक्तिनाथ भन्दा माथि सुट गर्नुपर्छ । लोमान्थाङमा सुट गर्नुपर्छ । स्वास्थ्यको तयारी गर्नु । गोजीमा लसुन बोक्नु । ती सबै कुरा गरिराख्नु भनेका थियौं । हामीलाई ठूलो च्यालेन्ज चाहिँ थिएन । हामीलाई प्रोडक्सन मेनेजरले दैनिक रुपमा राती सबै जनाको अक्सिजन लेभल चेक गरिरहन्थे । लोमान्थाङमा बढी चेकजाँच गरियो । हामीलाई जाडो नै बढी दुःख भयो’, उनी भन्छन् ।

‘हिमालयन गोल्ड’ अन्डरडगको कथा भएकाले आम दर्शकमा कनेक्ट गर्नेमा धिरज ढुक्क छन् । ‘यो अन्डरडग कथा हो । जुन क्यारेक्टर परीक्षाले निभाएको छ । उसको काम नै संघर्षशिल छ । त्यो केटीले रिभेन्ज कसरी लिन्छ भन्ने कुरा हो । यो स्टोरीको मेन प्लट नै चारजना लुटेरा हुन्छ । चारजना लुटेराले यार्सा गुम्बा लुट्दै आउँदा परीक्षाको परिवार पनि यो जालमा फस्छ । अनि परीक्षाको क्यारेक्टरले सबैलाई भेट्छ,’ धिरज भन्छन् ।

धिरज लोमान्थाङमा सुटिङ गर्दा स्थानीय मानिस र स्थानीय निकायले गरेको सहयोग प्रति खुशी छन् । ‘लोमान्थाङ भन्दा माथि टकमार भन्ने ठाउँ छ । हामी जाँदा त्यहाँ बत्ति नै थिएन । त्यो लोमान्थाङ भन्दा अझ विकट ठाउँ हो । हामी त्यहाँ ३ दिन बस्यौं । त्यहाँ यार्सागुम्बा मात्र छैन, वातावरण, सुन्दरता र स्थानीयको संघर्ष आफैंमा उदाहरणीय छ । यो क्षेत्रमा पर्यटन बोर्डले बुस्ट गर्नुपर्छ । त्यहाँका मानिसलाई काठमाडौंमा के भइरहेको छ भन्ने कुराको मतलब नै नहुँदो रहेछ’, उनले भने ।

धिरज ‘हिमालयन गोल्ड’लाई व्यावसायिक फिल्म नै मान्छन् । तर फिल्म फरक जनरामा बनेको छ भन्ने कुरामा उनी ढुक्क छन् । ‘अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरु एउटै शैलीमा बनेका छन् । मैले पाँच वर्ष फिल्म उद्योगमा काम गर्दा कतिजनाले केही नयाँ र फ्रेस आउनुपर्छ भन्ने चाहन्थे । त्यो चाहना हिमालयन गोल्डले केही हदसम्म पुरा गर्नेमा म ढुक्क छु । म गाउँकै कथामा वैदेशिक रोजगारको विषयमा पनि फिल्म बनाउन सक्थें । तर त्यो अरुले भनिसके र देखाइसके । यार्सागुम्बको पनि बनेको छैन र जसरी हामीले स्टोरी टेलिङ देखाएको छ, यो धेरै चुनौतिपूर्ण थियो,’ धिरज खुले ।

अहिले धिरज एउटा कुरा ढुक्कका साथ भन्छन्, त्यो के हो भने फिल्म ‘खुस्मा’को लागि उनी रुकुम नपुगेको भए सायदै त ‘हिमालयन गोल्ड’ केही ढिलो निर्माण हुन्थ्यो । ‘सायद फिल्म बन्थ्यो, तर यति गहिराईमा चाहिँ बन्दैन थियो । म त्यहाँ जानुभन्दा अगाडि चाहिँ फिल्म गर्नुपर्छ है भनेर मेरो मनमा थियो । तर त्यहाँ पुगेपछि स्क्रिप्टको डिटेलिङका लागि कतिपय क्यारेक्टरहरु त त्यहाँको वास्तविक मान्छेका चरित्र पनि छन् । जसलाई मैले भेटेको थिएँ । फिल्मका घटना र दुर्घटनाहरु पनि त्यही कथा सुनेर नै राखेको हो । ‘खुस्मा’को समयमा त्यहाँ नगएको भए मलाई अलिकति समय चाहिँ लाग्थ्यो’, धिरजको भनाई छ ।

अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, परीक्षा लिम्बु, राहुल एन.मुखिया, सजन थापा, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्यालको मुख्य अभिनय छ ।

दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको यो अन्तिम फिल्म हो । हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।

मीनबहादुर भाम निर्माता रहेको यस फिल्मका लाइन प्रोड्युसर शैलेन्द डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी हुन् ।

निर्देशक राजवंशीकै कथा रहेको फिल्ममा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन, सजल लोप्चन र करुण थापाको भिएफएक्स छ ।

यो फिल्मलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्म लिएको छ ।

अन्तरवार्ता


हिमालयन गोल्ड के हो ?

हिमालयन गोल्ड हिमाली भेगमा पाउने यार्सागुम्बा हो । यसलाई स्थानीयले हिमालयन गोल्ड भन्दा रहेछन् । हामीले फिल्म ‘हिमालयन गोल्ड’मा रुकुम, डोल्पा, रोल्पा, मनाङको समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कुरा देखाएका छौं । हाम्रो फिल्मले सन् १९९० ताकाको समयलाई देखाएको छ । जुन समयमा स्थानीयबासिन्दा यार्सागुम्बा टिप्न जाँदा सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्थे । जो जो मान्छे यार्सा गुम्बा टिप्न जान्थे, त्यो बेला लुटपाट धेरै हुन्थ्यो । त्यही कुरालाई फिल्ममा देखाएका छौं ।

यो कथामा फिल्म बनाउने सोच कसरी आयो ?
मैले अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन र निर्माण विषयमा अध्ययन गरेको छु । त्यहाँ पढाई सकेपछि मलाई बस्न मन थिएन । त्यहाँ कामहरु पाए पनि त्यति सन्तुष्ट थिइनँ । त्यसपछि नेपाल फर्किने निर्णय लिएँ । नेपाल फर्किएपछि कस्तो कथामा फिल्म बनाउने भन्ने सोच दिमागमा चाहिँ थियो । नेपाली कथालाई ग्लोबल अडियन्समा देखाउनु पर्यो भने बाहिर नै लगेर देखाउँदा कुन चाहिँ नयाँ कथा देखाउन सकिन्छ भन्ने माइन्डसेट थियो ।

मैले यार्सागुम्बा भन्ने कुरा पहिलादेखि नै थाहा पाएको थिएँ । त्यसमा केही लेखौं भनेर लेख्न थाले । मैले फिल्म ‘खुस्मा’मा चिफ एडी भएर काम गरेको थिएँ । हामी यो फिल्मको सुटिङका लागि रुकुम पुगेका थियौं । सुटिङ सकिएपछि मैले स्थानीयबाट सबैभन्दा राम्रो यार्सागुम्बा रुकुममा पाउँछ भन्ने थाहा पाएँ । सुटिङ सकेपछि घोडा चढेर स्थानीयसँग यार्सागुम्बा पाउने ठाउँमा पुगे । त्यो बेला टिप्ने सिजन पनि रहेछ । म उनीहरुसँग गएँ । त्यहाँ गएर कसरी लुटपाट हुन्थ्यो । कसरी डोल्पाका मान्छेहरु रुकुम आउँथे । मनाङ जान्थे भन्ने थाहा पाएँ । माओवादी युद्ध पनि रोल्पा, रुकुमबाट नै सुरु भएको थियो । त्यो समयमा कसरी लुटपाट हुन्थ्यो, लुटेराहरुले सबै चोरिदिने थाहा पाएपछि ‘ल यसमा चाहिँ कथा छ है’ भन्ने लाग्यो । यो कथा अहिलेसम्म कसैले भनेका पनि छैनन् । त्यसकारण ‘हिमालयन गोल्ड’ बनाउने निर्णय लिएँ ।

कथा तयार पार्न कति समय लाग्यो ?
मलाई झण्डै एक वर्ष बढी नै समय लाग्यो ।

सुटिङ सुरु हुनुअघि सुटिङको लोकेसनमा जानुभयो होला नि ?
म पहिला रुकुम नै गएँ । बुकी मै पुगें । जहाँ यार्सागुम्बा टिपिन्छ । त्यहाँ पुग्न मलाई घोडामा पाँच घण्टा समय लाग्यो । माथि क्याम्प नै बनाएर बस्नुपरेको थियो । मलाई खासमा डोल्पामा सुट गर्न मन थियो । तर फिजिबिलिटी, बाटो सुविधा नभएर र प्रोडक्सन खर्च बढी हुने देखिएपछि मैले मुस्ताङमा सारे । मुस्ताङमा सार्दा पनि हाइ अल्टिच्यूटमा नै गर्यौ । ४८०० भन्दा मुनि त सुट नै गरेनौं । लोमान्थाङमा व्यवासायिक रुपमा सुट गरेको फिल्म सम्भवत हाम्रो नै पहिलो हो । लोमान्थाङ माथि पनि सुट गरेर आएका छौं । सुटिङअघि यो स्थानमा चारपटक पुगेर स्क्रिप्ट पुरा गरेको थिएँ ।

कास्टिङ कसरी गर्नुभयो ?
सबैभन्दा पहिला मैले कास्ट गरेको परीक्षा लिम्बु हो । हाम्रो फिल्मको मेन लिड नै उहाँ हुनुहन्छ । अझ भनौं फिल्मको हिरो । मैले परीक्षाको फिल्म ‘ऊनको स्वीटर’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि म प्रभावित भएँ । मैले प्रोडक्सन भन्दा ६ महिना अघि नै उहाँलाई फिल्मको लुज ड्राफ्ट दिएको थिएँ, त्यो उहाँले मनपराउनुभयो अनि साइन गराएँ । फिल्ममा परीक्षा हिरो, अनि चारजना गुण्डा छन् । पहिलो गुण्डाको रुपमा कर्मा दाईलाई नै लिएँ । किनभने स्क्रिप्ट लेख्दा देखि नै कर्मा दाई दिमागमा हुनुहुन्थ्यो । त्यसपछि सजन थापा मगर । उहाँलाई मैले ‘पशुपति प्रसाद’ हेरेपछि नै आफ्नो फिल्ममा लिन्छु भन्ने थियो । अनि उहाँले अडिसन दिनुभयो र छनोट हुनुभयो । अनि अन्तिममा सुनिल थापा चाहिँ जोडिनुभयो ।
म पहिला देखि नै समय समयमा एभरेष्ट फिल्म गइरहन्थे । मैले लसएन्जल्समा पढ्दा भोगेको कुरा के थियो भने फिल्म पढिसकेपछि अधिकांश विद्यार्थीको जाने बाटो नै हुँदैन थियो । उनीहरुलाई फिल्म उद्योगमा कसरी घुस्ने भन्ने थाहा हुँदैन । त्यसकारण मैले एभरेष्ट फिल्म एकेडेमीमा गएर चार पाँचजना विद्यार्थीहरुलाई हाम्रो फिल्ममा इन्टर्न गर्न लगाएँ । फिल्ममा मेन भिलेन, ग्याङको लिडर कास्ट भइरहेको थिएन । त्यही क्रममा मैले सुनिल दाईलाई ‘दाई यो रोल गरिदिनु न’ भनेको थिएँ । उहाँले स्क्रिप्ट पढ्ने बित्तिकै म गर्छु भन्नुभयो ।

यो पनि पढ्नुहोस्

सिंहासन हल्लाउने शक्ति जनताको मतमा छ!

सिंहासन हल्लाउने शक्ति जनताको मतमा छ!

२२ मिनेट अगाडि
हावाहुरीका कारण हवाई उडान प्रभावित

यस्ताे छ माैसम

२ घण्टा अगाडि

हिमाली क्षेत्रमा सुटिङ गर्दाको के के चुनौति सामना गर्नुपर्यो ?
चुनौती धेरै थिए । हामीले प्रि प्रोडक्सनमा नै प्रत्येक काष्ट एण्ड क्रुलाई नै भनेका थियौं । पहिलादेखि नै वार्मअप गरिरहेका थियौं । मुक्तिनाथ भन्दा मािथ सुट गर्नुपर्छ । लोमान्थाङमा सुट गर्नुपर्छ । स्वास्थ्यको तयारी गर्नु । गोजीमा लसुन बोक्नु । ती सबै कुरा गरिराख्नु भनेका थियौं । हामीलाई ठूलो च्यालेन्ज चाहिँ थिएन । हामीलाई प्रोडक्सन मेनेजरले दैनिक रुपमा राती सबै जनाको अक्सिजन लेभल चेक गरिरहन्थे । लोमान्थाङमा बढी चेकजाँच गरियो । हामीलाई जाडो नै बढी दुःख भयो ।

फिल्मले आम दर्शकलाई कसरी कनेक्ट गर्छ ?
यो कथाले किन कनेक्ट गर्छ भने यो कथा यार्सागुम्बा र लुटपाटको मात्र होइन । यो संघर्ष हो । यो अन्डरडग कथा हो । जुन क्यारेक्टर परीक्षाले निभाएको छ । उसको काम नै संघर्षशिल छ । त्यो केटीले रिभेन्ज कसरी लिन्छ भन्ने कुरा हो । यो स्टोरीको मेन प्लट नै चारजना लुटेरा हुन्छ । चारजना लुटेराले यार्सा गुम्बा लुट्दै आउँदा परीक्षाको परिवार पनि यो जालमा फस्छ । अनि परीक्षाको क्यारेक्टरले सबैलाई भेट्छ ।

तपाईंले यो फिल्म लेखि रहँदा र निर्देशन गरिरहँदा सरकारले त्यो क्षेत्रका मानिसलाई के कस्तो सहयोग गर्नुपर्छ जस्तो लाग्यो ?
हामीलाई स्थानीय मानिस र स्थानीय निकायले सहयोग गरे । लोमान्थाङ भन्दा माथि टकमार भन्ने ठाउँ छ । हामी जाँदा त्यहाँ बत्ति नै थिएन । त्यो लोमान्थाङ भन्दा अझ विकट ठाउँ हो । हामी त्यहाँ ३ दिन सुटिङका लागि गएका थियौं । त्यहाँ यार्सागुम्बा मात्र छैन, वातावरण, सुन्दरता र स्थानीयको संघर्ष आफैंमा उदाहरणीय छ । यो क्षेत्रमा पर्यटन बोर्डले बुस्ट गर्नुपर्छ । त्यहाँका मानिसलाई काठमाडौंमा के भइरहेको छ भन्ने कुराको मतलब नै नहुँदो रहेछ ।

व्यावसायिक सिनेमा बनाउन सजिलो कि फरक जनराको ?
हाम्रो फिल्म पनि व्यावसायिक नै हो । फरक चाहिँ जनरामा हो । मेन फरक के ल्याउन खोजेको हो भने हाम्रोमा धेरै फिल्म एउटै कथा, एउटै विषयमा बनेका छन् । अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरु एउटै शैलीमा बनेका छन् । मैले पाँच वर्ष फिल्म उद्योगमा काम गर्दा कतिजनाले केही नयाँ र फ्रेस आउनुपर्छ भन्ने चाहन्थे । त्यो चाहना हिमालयन गोल्डले केही हदसम्म पुरा गर्नेमा म ढुक्क छु । म गाउँकै कथामा वैदेशिक रोजगारको विषयमा पनि फिल्म बनाउन सक्थें । तर त्यो अरुले भनिसके र देखाइसके । यार्सागुम्बको पनि बनेको छैन र जसरी हामीले स्टोरी टेलिङ देखाएको छ, यो धेरै चुनौतिपूर्ण थियो ।

भनेपछि ‘खुस्मा’का लागि रुकुम नपुगेको भए हिमालयन गोल्ड बन्थ्यो ?
सायद फिल्म बन्थ्यो, तर यति गहिराईमा चाहिँ बन्दैन थियो । म त्यहाँ जानुभन्दा अगाडि चाहिँ फिल्म गर्नुपर्छ है भनेर मेरो मनमा थियो । तर त्यहाँ पुगेपछि स्क्रिप्टको डिटेलिङका लागि कतिपय क्यारेक्टरहरु त त्यहाँको वास्तविक मान्छेका चरित्र पनि छन् । जसलाई मैले भेटेको थिएँ । फिल्मका घटना र दुर्घटनाहरु पनि त्यही कथा सुनेर नै राखेको हो । ‘खुस्मा’को समयमा त्यहाँ नगएको भए मलाई अलिकति समय चाहिँ लाग्थ्यो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एआईका सिईओ जेन्सेन हुआङकाे राजीनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक