मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रियस्तरको अवकास प्रतियोगिता सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रियस्तरको अवकास प्रतियोगिता सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रियस्तरको अवकास प्रतियोगिता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको थियो ।

पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र अभिभावकहरु सहभागी थिए । कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्री बडूले अवकाशलाई अनिवार्य विषयको रुपमा नै समावेश गराउनुपर्ने आवश्यकता औँल्याए ।

यसअघि आफूले अवकासबारे केही बुझ्ने मौका पाएको स्मरण गर्दै उनले अबकासलाई सरकारले नै पाठ्यपुस्तकमा अनिवार्य विषय बनाउनुपर्ने  जनाए । यसले बालबालिकाहरुको मस्तिष्कमा सुधार गर्न निक्कै सहयोग गर्ने भन्दै उनले आफ्नो तर्फबाट के–के सहयोग गर्नुपर्ने हो त्यो गर्ने आश्वासन दिए । कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्यालले बाकबासको औचित्य झनै बढेर गईरहेको जनाईन् भने विभिन्न व्यक्तिहरुलाई मायाँको चिनोसहित सम्मान गरेकी थिइन् ।

प्रतियोगिता अन्तर्गत जुनियर लेबल  कक्षा १, २० तर्फ एन्जल्स प्याराडाईजका रोसिका नेपाल च्याम्पियन, नवनित टोडलर्स जोनका अबिका जोशी फष्ट रनरअप, काठमाडौं प्रज्ञा कुञ्जका रियान्स आचार्य सेकेन्ट रनरअप र ब्राईट फ्युचरका दिव्यान्त गिरि थर्ड रनरअप भए । त्यस्तै मिडिल लेबल ९ कक्षा ३,४० तर्फ पाथिभरा एकेडेमीका सुदिनमणी पौडेल च्याम्पियन, विभुती विद्या मन्दिरका संकल्प अमगाई फष्ट रनरअप, एम्स एकेडेमीका सिद्धार्थ दाश सेकेन्ड रनरअप र कान्जिरोवा स्कुलका सार्थकनाथ गोपाली थर्ड रनरअप भए ।

त्यस्तै सिनियर लेबल (कक्षा ५ भन्दामाथि) ब्राईट फ्युचरका निकिता झा च्याम्पियन, मेघा पब्लिक स्कुलका कृषला प्याकुरेल फष्ट रनरअप, कान्जिरोवा स्कुलका अबि भुजु सेकेन्ड रनरअप र ओडिसी इन्टरनेशनल एकेडेमीका प्रज्वल कट्टेल थर्ड रनरअप भए । यसअघि हरेक विद्यालयमा विद्यालय स्तरीय अबाकस प्रतियोगीता गरेर राष्ट्रियस्तरको प्रतियोगीताका लागि प्रतियोगी छानिएका थिए । राष्ट्रियस्तरको प्रतियोगीतामा च्याम्पियन बनेकाहरुले अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागी बन्न पाउने अवसर पाउने बाल बिकास एनसीमास संस्थाका तेजु नेपालले जनाए। कार्यक्रममा उनले अबाकसको आवश्यकताबारे प्रष्ट पार्दै अझै यसलाई देशव्यापी बनाउने अभियानमा आफूहरु लागिपरेको जनाए ।

कार्यक्रमलगत्तै च्याम्पियन बनेकाहरूले अबाकस आफ्नो बिद्यालयमा लागु गराएकोमा विद्यालयसहित बाल बिकास एनसीमासलाई धन्यवाद दिएका थिए भने शिक्षकहरुले पनि आफ्नो बालबालिकामा अवकासले ल्याएको परिवर्तन देखेर निक्कै खुशी व्यक्त गरेका थिए । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । बाल बिकास एनसीमास संस्थामार्फत ३५० वटाभन्दा धेरै विद्यालयले अबाकस लागु गराएका छन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक