मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मच्छिन्द्र फुटबल क्लब र एनआरटी केपी ओली कपकाे फाइनलमा भिड्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मच्छिन्द्र फुटबल क्लब र एनआरटी केपी ओली कपकाे फाइनलमा भिड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र एनआरटीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। यी दुईबीच शनिबार उपाधि भिडन्त हुनेछ।

एनआरटीले अर्को शीर्ष डिभिजन क्लब जावलाखेल युथमाथि ३–० को सहज जित निकाल्यो। एनआरटीको जितमा सञ्जीव बिष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे। मच्छिन्द्रले भने भारतीय क्लव मानेभञ्ज्याङ फुटबल क्लवलाई ५–० ले हराउँदै एनआरटीसँगको भेट पक्का गर्‍यो।

मच्छिन्द्रको जितमा विमल घर्तीमगर, स्टेफन समिर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरे। त्यसअघि एनआरटीले खेलको सुरुवातमा नै अग्रता लियो। पाँच मिनेटमै विवेकको गोलबाट एनआरटीले अग्रता पाएको हो। रन्दीप पौडेलको क्रस बललाई उनले पहिलो टचमा नै पोस्टको जाली चुमाए। तर पहिलो हाफमा थप गोल हुन सकेन।

पहिलो हाफमा एनआरटी १–० ले अगाडि रह्यो। यद्यपि, दोस्रो हाफमा भने एनआरटी चम्कियो। दोस्रो हाफ सुरु भएको केही समयमा नै एनआरटीले दोस्रो गोल थप्यो।

नेपाली राष्ट्रिय टोलीका सदस्य सञ्जीव विष्टले ५० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। रिचर्ड विलियम्सको थ्रु पासलाई सञ्जीवले सदुपयोग गरेका हुन्। यस क्रममा उनले जावलाखेलका डिफेन्डर सुनील खड्का र गोलकिपर युनेस चौधरीलाई बिट गर्दै जाली चुमाए। सात मिनेटपछि नै सञ्जीवले व्यक्तिगत दोस्रो गोल गरे। पेनाल्टी बक्स बाहिरबाट उनको प्रहार जाली चुम्न पुग्यो।

त्यसपछि दुवै तर्फबाट केही प्रयास भए पनि थप गोल हुन सकेन। यसअघि एनआरटीले थ्री स्टारलाई १–० र जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए।

दोस्रो सेमिफाइनलमा मच्छिन्द्र पाहुना टोलीमाथि सहजै हाबी भयो। खेलको २६औँ मिनेटमा विमलले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। दुई मिनेटपछि नै स्टेफनले मच्छिन्द्रको अग्रता दोब्बर बनाए। हिसुबले ३७ औँ मिनेटमा हिसुबले गोल गरे। त्यससँगै पहिलो हाफमा नै मच्छिन्द्रले सहज अग्रता लियो। दोस्रो हाफमा पनि मच्छिन्द्रले दुई गोल थपेपछि पाहुना टोली बाहिरिन बाध्य भयो। देवेन्द्रले ५४औँ मिनेटमा गोल गरे र मच्छिन्द्र ४–० ले अगाडि बढ्यो।

उत्सव राईको कर्नर बललाई उनले हेडमार्फत जाली चुमाए। त्यसपछि केही समय पाहुना टोलीले मच्छिन्द्रलाई रोक्यो। तर, इन्जुरी समयमा आयुषले गोल गर्दै मछिन्द्रलाई ५–० को रवाफिलो जित दिलाए। सुरुमा हिसुबको प्रहारलाई गोलकिपर लालमन साँगाले बचाए। तर, रिबाउन्ड बललाई आयुशले सहजै पोस्टको दिशा दिए। यसअघि मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–० र मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ ले हराउँदै सेमिफाइनललमा स्थान बनाएका थिए

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक