मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

वाफ च्याम्पियनसिप फाइनल: पेनाल्टी सुटआउटमा नेपाल स्तब्ध, जोर्डन छैटौं पटक च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वाफ च्याम्पियनसिप फाइनल: पेनाल्टी सुटआउटमा नेपाल स्तब्ध, जोर्डन छैटौं पटक च्याम्पियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको आमन्त्रीत टोलीका रुपमा सहभागि भएको नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ। पहिलो हाफमा बनाएको अग्रताका बाबजुत निर्धारित समयको खेल २-२ गोलमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा जोर्डनले ५-३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

नेपाल ११ औं पटक एक अर्को फाइनलमा पराजित हुन पुग्यो। वाफ च्याम्पियनसिपमा जोर्डन भने छैटौं पटक च्याम्पियन बन्यो। नेपालकी अमृता जैशीको प्रहार गोलमा परिणत हुन नसक्दा नेपाल पराजित भयो। नेपाल आज आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारी बिना मैदान उत्रिएको थियो। उनको अभावमा पनि नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शनका बाबजुत पेनाल्टी सुटआउटमा भने अभागि सावित बन्यो।

नेपालले खेलमा सविता राना मगरको गोल मार्फत अग्रता लिएको थियो। पहिलो हाफमा नेपालले दबाब बनाएको खेलमा जोर्डनले सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन। पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा राम्रो मौका चुकाउँदा जोर्डनले बराबरीको अवसर गुमायो।

खेलको २९औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। पहिलो पटक प्लेइङ ११ मा रहेकी सविताले  रेखा पौडेलको पासमा जोर्डनका डिफेन्डरले सहज क्लियर गर्न सक्ने बललाई चुकाउँदा सविताले बक्सको छेउबाट गरेको प्रहार गोलरक्षकले क्लियर गर्ने कुनै अवसर पाएकी थिइनन्।

तर दोस्रो हाफमा खेलमा फर्किएको जोर्डनले ७४औं मिनेटमा खेल बराबरी ल्याइन। ग्राउन्डको मध्य भागबाट खेलेको लामो पासमा अफसाइड ट्रयाप बिट गर्दै लाना फेरासले जोर्डनलाई बराबरीमा ल्याएकी थिइन।

त्यसको अर्को मिनेटमा जोर्डन अग्रता लिनबाट चुक्यो। साराह अबु साबाहको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्कियो। रिबाउन्डमा माएसा जबाहराले बललाई गोल गरेपनि उक्त गोल अफसाइड घोषित भयो।

तर खेलको ८९औं मिनेटमा जोर्डनले अग्रता लियो। राह अबु साबाहले जबाराहको पासमा नेपालका दुई डिफेन्डरलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो। यद्यपि इन्ज्युरी समयमा नेपालले पेनाल्टीको अवसर पायो। जबाराहले बक्समा ह्याण्डबल गरेपछि पाएको पेनाल्टीलाई गिता रानाले सदुपयोग गर्दा निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक