काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।


