शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रायमाझी निलम्बनमा परेपछि प्रत्यक्ष निर्वाचित सांसदविहीन बन्यो अर्घाखाँची

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रायमाझी निलम्बनमा परेपछि प्रत्यक्ष निर्वाचित सांसदविहीन बन्यो अर्घाखाँची
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अर्घाखाँची । २०७९ मंसिर चार गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोप बहादुर रायमाझी लगातार चौथो पटक अर्घाखाँचीबाट निर्वाचित भए। पाँच दलीय गठबन्धनका विरुद्ध एक्लै भिडेका रायमाझी विजयी यात्रालाई कायम राख्न सफल भए।

२०६४, २०७०, २०७४ हुँदै २०७९ को निर्वाचनमा समेत उनलाई कसैले छेक्न सकेन। फलतः उनले चौथो पटक सांसद पदको शपथ लिए। तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी अहिले निलम्बनमा छन्। निर्वाचित भएको पाँच महिनामै हिरासत पुगेका रायमाझी सात महिना पश्चात् उनको सांसद पद निलम्बनमा पर्‍यो। मुद्दा किनारा नलाग्दा हालसम्म उनी निलम्बित नै छन्।

गत बैशाख २० गते जिल्लामै रहेको अवस्थामा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भयो। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि एकाएक फरार भएका उनलाई बैशाख ३१ गते प्रहरीले काठमाण्डौबाटै पक्राउ गर्‍यो। नेकपा (एमाले) का केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बैशाख २६ गते नै निलम्बन गरेको थियो।

उनी निलम्बनमा परेको वा सांसद पद नै खारेज भएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनको २० महिना अवधि खाली रहेको थियो। एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा उनी एमाले खेमामा बसेका थिए। उनी पहिले संलग्न रहेको पार्टी नेकपा माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेपछि २०७७ चैत्र २६ गते संसद सचिवालयले सांसद पदबाट हटाएको थियो। त्यसपछिको २० महिना अर्घाखाँची प्रतिनिधिसभा प्रत्यक्ष सांसदविहीन भएको थियो।

त्यस बेला दुई वर्ष सम्मको सांसद विकास कोषको रकम जिल्लाले सदुपयोग गर्न पाएको थिएन। प्रत्यक्ष निर्वाचित सांसदबाट धेरै अपेक्षा राखेका यहाँका नागरिक अहिले निराश बनेका छन्।

०७९ मंसिरमा भएको निर्वाचन पछि अब विकास होला, मत दिएर जिताएका जनप्रतिनिधिले काम गर्लान् भनेर आशा गरेका जनता प्रतिनिधिविहीन हुन पुगेका हुन्। प्रत्यक्ष निर्वाचित सांसद नहुँदा जिल्ला बजेट पाउनेदेखि अन्य कुरामा हेपिएको जिल्लावासीले गुनासो गरेका छन्। प्रत्यक्ष जितेको सांसद नहुँदा अभिभावकत्व प्रदान गर्ने निकाय नभएको महसुस भएको नेकपा एमालेका कार्यालय सचिव लिला बिकले बताए। ‘सिंह दरबारमा डिल गर्ने प्रतिनिधि अहिले शून्य जस्तै भएको छ,‘उनले भने,‘प्रत्यक्ष निर्वाचित सांसद नहुँदा गतिका साथ विकास हुन सकेको छैन।’

प्रत्यक्ष निर्वाचित सांसद नहुँदा जिल्ला असहाय जस्तो बनेको भुमिकास्थान ९ का व्यवसायी दिनेश पोख्रेलले बताए। उनी हुँदा केही विकासका कार्यक्रमहरू अँघी बढेपनि अहिले शून्य जस्तै बनेको उनको भनाई छ। ‘पहिले विकासका केही कुराहरु भएजस्तो लाग्थ्यो,उनले भने,‘अहिले सञ्चार माध्यमले नभनेर हो या नभएर हो खासै सुनिएको छैन।’

उनी समर्थक दल तथा कार्यकर्ताले उनको अनुपस्थिति अन्य कसैले पुरा गर्न नसकेको बताउँछन्। उनी हुँदा मन्त्रालय धाएर, विभिन्न समूहसँग डिल गरेर जिल्ला विकासका लागी बजेट ल्याउने गरेकामा अहिले त्यो क्षमता कसैसँग नभएको उनीहरूको भनाइ छ।

कतिपयले भने रायमाझीलाई पटक–पटक जिताउनु जिल्लाका लागी फाइदाजनक नभएको बताउँछन्। पछिल्लो ३ वर्षमा प्रत्यक्ष जनताबाट निर्वाचित सांसद ३० महिना निलम्बनमा पर्छ वा पद खारेजीको अवस्थामा रहन्छ भने त्यस्ता जनप्रतिनिधिबाट आशा राख्नु व्यर्थ रहने तर्क गरिरहेका छन्। छत्रदेव ४ निवासी सञ्जय पाण्डेका अनुसार रायमाझीले दोहोर्‍याई तेहर्‍याइ जनमतको अपमान गरेको बताउँछन्। ‘उहाँ (रायमाझी) का कारण जिल्लालाई धेरै नै नोक्सानी भएको छ,उनले भने,‘दुई पटक सांसद विकास कोषको रकम फ्रिज भयो। अहिले आफ्नै कारणले थुनामा हुनुहुन्छ, हामीले प्रतिनिधि कहिले पाउने?’

जिल्लाबाट प्रतिनिधि सभामा अहिले नेकपा (एमाले) का बिजुला रायमाझी र (नेकपा) माओवादी केन्द्रका सुशिला श्रीपाली ठकुरीले प्रतिनिधित्व गरिरहेका छन्। दुवै सांसद समानुपातिक प्रणालीबाट संसदमा जिल्लाको प्रतिनिधित्व गर्छन्। अझ माओवादी सांसद ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छिन्। उनले जिल्लाको विकासमा राम्रै ध्यान दिइरहेको भएपनि प्रत्यक्ष निर्वाचित सांसदको महत्त्व र भूमिका फरक हुने कतिपयको तर्क छ।

सबैको भूमिका एउटै हुने भए प्रत्यक्ष र समानुपातिक भनेर किटान गर्नु नपर्ने बताउँछन् अधिवक्ता जगन्नाथ भुसाल। उनका अनुसार प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट आएका सांसदहरूबिच व्यवहारिक रुपमा फरक त छँदै छ अझ कानुनी रुपमा पनि केही अधिकारहरू प्रत्यक्ष सांसदहरूलाई मात्र दिइएको छ। ‘कानुनी र व्यवहारिक पाटोमा पनि फरक छँदै छ,उनले भने,‘सामान्य नागरिकको नजरमा पनि फरक पर्छ।’ प्रत्यक्ष निर्वाचित सांसदको गरिमा नै छुट्टै रहेको उनको मान्यता छ।

आम नागरिकको बुझाइमा समानुपातिक सांसद नेतामुखी हुन्छन्। समानुपातिक सांसदको कुनै एक निर्वाचन क्षेत्र तोकिएको हुँदैन। तर प्रत्यक्ष निर्वाचित सांसद आंशिक रुपमा भएपनि जनतामुखी हुन्छन्। जनताबिच फेरी पनि जानुपर्छ भन्ने हेक्का भएकाले प्रत्यक्ष निर्वाचित सांसद जनताबिच नै रहेका हुन्छन्। जनताको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले निर्वाचित सांसदको मान्यता छुट्टै छ।

आगामी वर्षको बजेट छलफल सुरु हुने तयारीमा छ। जिल्लाको आवश्यकता, यहाँका महत्त्वपूर्ण योजना, अधुरा कार्य पुरा गर्न प्रत्यक्ष निर्वाचित सांसदको भूमिका अत्यावश्यक हुन्छ। अधिकांश समय पावरमै रहेर बिताएका रायमाझीको सक्रियताले केही कुराहरु अघि बढेका थिए। जुन अहिले बेवारिसे जस्तै बनेका छन्।

अघिल्लो कार्यकालमा रायमाझीको सांसद पद खारेज हुँदा २० महिना रिक्त रहेको निर्वाचन क्षेत्र यसपटक पुरै अवधि रिक्त रहने हो कि भन्ने शंका उब्जिएको छ। उनीसंगै हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड र रायमाझीका छोरा सन्दीप रायमाझी थुनामुक्त हुँदासमेत उनी थुनामै रहनुले जिल्लावासी सशंकित त छँदै छन् साथै न मुद्दा किनारा लाग्ने न उपनिर्वाचन हुने वातावरण तयार भइरहेको देखेर यस पटकको पुरै कार्यकाल सङ्घीय प्रतिनिधिविहीन हुने हो कि भन्ने चिन्ता बढेको छ। -लक्ष्मण घिमिरे /नागरिक दैनिक

यो पनि पढ्नुहोस्

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

सहकारी पीडितका आँखामा मन्त्री रावलले जगाइदिएको आशा

३ महिना अगाडि
हटाइयो हुलाक टिकटको प्रचलन

हटाइयो हुलाक टिकटको प्रचलन

६ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

जापानमा पहिरोको जोखिम बढ्याे

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक