मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने भएको छ ।

बिहीबार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र आर्मी प्रतियोगिताको फाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आज शनिबार खेलिने छ । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो ।

प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए । पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भयो । जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । लिग चरणको अन्तिम दिन बिहीबार भएको आफ्नो अन्तिम खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हरायो ।

तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुल्यो । आर्मी क्लबले भने आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पा¥यो । दुई खेलमा आर्मी क्लब पराजित भयो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । आर्मी क्लबले लिग चरणको अन्तिम दिन बिहीबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हरायो । तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुल्यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेस प्रदेश भने थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिन पुगे । बागमती प्रदेशले नौ खेलबाट ६ जित र तीन हारको नतिजा निकाल्दै १२ अंक जोड्यो । अंक तालिकामा बागमती प्रदेश तेस्रो भयो । यसैगरी ६ जित र तीन हारको नतिजा निकालेको मधेस प्रदेश पनि १२ अंकसहित चौथो भयो । मधेस प्रदेश नेट रन रेटमा बागमती प्रदेशसँग पछि परेको हो ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब १० अंकसहित पाँचौँ भयो । एपीएफ क्लबले पाँच जित र चार हारको नतिजा निकाल्यो । यसैगरी आठ अंक जोडेको सुदूरपश्चिम प्रदेश छैटौँ र समान अंक बटुलेको कर्णाली प्रदेश सातौँ भए । सुदूरपश्चिम प्रदेशले चार खेलमा जित र पाँच खेलमा हार ब्यहो¥यो । कर्णाली प्रदेशले चार जित र पाँच हारको नतिजा निकाल्यो । चार अंकसहित गण्डकी प्रदेश अठौँ, दुई अंकसहित लुम्बिनी प्रदेश नवौँ र समान अंक बटुलेको कोशी प्रदेश १०औँ स्थानमा रहे । गण्डकी प्रदेशले दुई जित र सात हार, लुम्बिनी प्रदेशले एक जित र आठ हार तथा कोशी प्रदेशले एक जित र आठ हारको नतिजा निकाले ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज नेवार समुदायमा म्हपूजा

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक